संकल्प यात्रामा सहयोग गर्न शेरधनको आग्रह, एमालेमाथिको अवरोधले पहिचानवादीलाई नै कमजोर पार्ने भनाइ – Nepal Press

संकल्प यात्रामा सहयोग गर्न शेरधनको आग्रह, एमालेमाथिको अवरोधले पहिचानवादीलाई नै कमजोर पार्ने भनाइ

भोजपुर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले एमालेको समृद्धिका लागि संकल्प यात्रा अभियानलाई सहयोग गर्न पहिचानवादीलाई आग्रह गरेका छन् ।

पहिचानवादी संगठनले झुलाघाट-चिवाभञ्ज्याङ यात्रालाई अवरोध गर्नेगरी कार्यक्रम सार्वजनिक गरेको छ । देशको प्रमुख पार्टीले थालेको अभियानलाई अवरोध गर्ने या विरोध गर्ने कार्यले पहिचान पक्षधरलाई नै कमजोर बनाउने राईको भनाइ छ । एमालेको अभियानसँगै जुधाएर आन्दोलनको घोषणा गर्ने पक्षसँग संवाद भइरहेको उनले बताए ।

भोजपुरमा रहेका राईले पत्रकारसँग कुराकानी गर्दै नामकरणको सवाल प्रदेशसभा र प्रदेश सरकारसँग जोडिएको एमालेलाई निशाना बनाउन नहुने बताएका छन् । असन्तुष्ट समूहहरूसँग वार्ता र संवादबाट नै समस्या हल गर्न सकिने बताउँदै उनले प्रदेशका दल र सरकार यसमा जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

मंसिर २६ गते घुर्मी छिरेसँगै एमालेको संकल्प यात्रा कोशी प्रदेश प्रवेश गर्नेछ । भोजपुरमा अध्यक्ष ओलीलगायतका एमाले शीर्ष नेतृत्वसँग विभिन्न पालिकाका जनप्रतिनिधिले जिल्लाको विकासलाई लिएर ज्ञापनपत्र बुझाउने तयारी भइरहेको छ ।

त्यस्तै प्रदेश सरकारले निर्माण गरेको रंगशाला उद्घाटन गर्ने र टक्सार बजारको अवलोकन गर्ने पनि कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर