माओवादीको विशेष रूपान्तरण अभियानको समय थप, विधान सम्मेलन अनिश्चित – Nepal Press

माओवादीको विशेष रूपान्तरण अभियानको समय थप, विधान सम्मेलन अनिश्चित

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन मंसिरमा नहुने निश्चित भएको छ । गत साउनमा बसेको केन्द्रीय समितिको बैठकले विधान सम्मेलन मंसिरमा गर्ने निर्णय गरेको थियो ।

तर, अहिले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तता, जनतासँग माओवादी विशेष रूपान्तरण अभियानलगायतको विषयलाई लिएर सम्मेलन सार्ने तयारी भएको छ ।

गएको भदौ १६ देखि तीन महिनाको लागि अभियान सुरु भएको थियो । अभियानले पार्टी संगठनलाई सक्रिय तुल्याएको भन्दै पुस १६ गतेसम्म पुर्‍याइएको केन्द्रीय कार्यालयको सचिव श्रीराम ढकालले बताए ।

उनले भने, ‘अभियान प्रभावकारी ढंगले चलेकाले अहिले हामीले एक महिना समय थप गरेका छौंं । पुस १६ गतेसम्म यही अभियान चल्ने भएपछि मंसिरमा गर्ने भनिएको विधान सम्मेलन सर्ने निश्चित भइहाल्यो ।’

अहिले जारी अभियानको रिपोर्ट आएपछि समीक्षा गर्न बस्ने केन्द्रीय समितिको बैठकले सम्मेलनको मिति तय गर्ने उनले बताए ।

उनले भने, ‘जारी अभियानको तलदेखि समीक्षाको रिपार्ट आएपछि केन्द्रीय समितिको बैठकले निर्णय गर्छ । अब त्यही बैठकले नै विधान सम्मेलनको मिति तय गर्छ ।

अभियान र पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेको कामको कारणले पार्टीप्रति जनविश्वास बढ्दै गएको अभियानको प्रारम्भिक निष्कर्ष छ । त्यहीअनुरुप पार्टी सञ्चालन आगामी फागुनभित्रमा विधान सम्मेलन गरिसक्ने तयारी रहेको नेताहरु बताउँछन् ।

पार्टी विधि र प्रक्रियाअनुसार नचलेको भन्दै विधान सम्मेलनको ६ महिनापछि विशेष महाधिवेशन माओवादीले निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर