झलनाथ भन्छन्- नेपाल अमेरिकालाई चीनविरुद्ध लड्ने थलो बन्दैछ (भिडिओ) – Nepal Press

झलनाथ भन्छन्- नेपाल अमेरिकालाई चीनविरुद्ध लड्ने थलो बन्दैछ (भिडिओ)

प्रचण्ड सरकार पनि विदेशी व्यापारीकै हितमा रमाएको टिप्पणी

काठमाडौं । नेकपा एमालेका सम्मानित नेता झलनाथ खनालले अहिले चीनका विरुद्ध लड्न अमेरिकाको लागि महत्वपूर्ण थलो बनेको टिप्पणी गरेका छन् । नेपालका शासकहरु अमेरिकको दबाबको सामू झुक्दै गइरहेको उल्लेख गर्दै एमसीसी त्यसकै परिणाम भएको उनको दाबी गरे ।

जनसाहित्यिक मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै खनालले एमसीसीमा व्याख्यात्मक घोषणा भनेपनि अमेरिकाले नसुनेको बताए ।

उनले भने, ‘अमेरिका र भारत पैतलादेखि शिरसम्मको बल लगाएर नेपाललाई अस्थिर बनाउने खेलमा लागिरहेको छ । एमसीसीमा नेपाललाई अमेरिकाले फसायो । यो जोइन्ट प्रोग्राम हो । सुरूमा एउटा सहमति थियो । अहिले फरक कुरा सुनिदैछ । यसरी देश थप गन्जागोल बनाउने काम भइरहेका छन् ।’

खनालले राजावादीहरूले राजसंस्थाको बारेमा बेकार हल्ला गरिरहेको टिप्पणी गरे । राजसंस्था फर्किन नसक्ने उनको जिकिर छ ।

उनले भने, ‘यो पृथ्वीमा कुनै पनि चिजको जन्म हुन्छ र मृत्यु हुन्छ । त्यो जीव होस् कि सत्ता । त्यो एक पटक मरेपछि त्यसको पुनः जन्महुँदैन। यस्तो अवस्थामा कसले उनीहरूको कुरा उठाउँछन् त्यतैपटि लाग्ने अवस्था बनेको छ। सत्ताधारी दलले जनताका कुरा उठाउँदै उठाउँदैन । हामी पनि कोठामा मात्रै बोल्छौं । सडकमा हामी छैनौं । जनताका कुनै आवाज हामी उठाउँदै उठाउँदैनौं । अनि दुर्गा प्रसाईं नेता भइराख्छ।’

उनले जनता कसैको पेवा नहुने उल्लेख गर्दै जसले उसको हितमा काम गर्छ उसकै हुने बताए । प्रचण्ड नेतृत्वको सरकारले पनि काम गर्न नसकेको खनालको आरोप छ । देश आर्थिक रूपमा भयावह संकटबाट गइरहेको उल्लेख गर्दै कुनबेला के हुन्छ कसैलाई थाहा नभएको उनको बुझाइ छ ।

उनले भने, ‘महंगी बढेको बढ्यै छ। उत्पादन बढ्दै बढ्दैन । किसानको हालत खराब छ। उनीहरूले उत्पादन गरेका वस्तुले बजार नै पाउँदैन । सरकार नै विदेशी व्यापारीको हितमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर