आचार्य श्रीनिवास १० हजार धरौटी तिरेर थुनामुक्त – Nepal Press

आचार्य श्रीनिवास १० हजार धरौटी तिरेर थुनामुक्त

काठमाडौं । दुर्गा प्रसाईंको आह्वानमा भएको आन्दोलनमा सहभागी हुँदा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवास आज हिरासतमुक्त भएका छन् । उनी ११ दिनपछि १० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।

गौशाला क्षेत्रमा गरेको प्रदर्शनका क्रममा प्रहरीले आचार्य श्रीनिवासलगायत दर्जनौंलाई पक्राउ गरेको थियो । प्रदर्शनकारीहरूले गौशाला चोकमा सडक अवरुद्ध गरेको र प्रहरीलाई लक्षित गरी ढुंगामुढा गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । उनीहरुमध्ये अधिकांश छुटिसकेका छन् । आचार्य श्रीनिवास र सन्तोष राजावादी आज छुटेका हुन् ।

शान्ति सुरक्षामा खलल पुर्‍याउने कार्य गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेकोमा १० हजार धरौटी तारेखमा थुनामुक्त भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेलले नेपाल प्रेसलाई जानकारी दिए ।

श्रीनिवास धरौटीमा छुटे पनि उनीविरुद्धको मुद्दा भने जिल्ला प्रशासन कार्यालय काठमाडौंमा चलिरहेको छ । शान्ति सुरक्षामा खलल पुर्‍याउने कार्य गरेको मुद्दा प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यको इजलासले हेर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *