पत्रिका बिक्रेताको बकपत्र- रविको १२ भाइ ब्राण्डिङ र भाइरल कल्चरको कोपभाजनमा पत्रकारिता ?
समिता शर्मा (६२ वर्ष) नाम परिवर्तनले भनिन्, ‘किरण बाबु मलाई भोलिदेखि त्यो १२ भाइमध्ये जेठोको पत्रिका बन्द गर्दिनु है ! तिनीहरु त पूरै खराब रहेछन् नि ! अबदेखि नल्याउनू ।’ मैले अरु कुनै पढ्न आग्रह गरें । उहाँले मान्नुभएन । बल्लतल्ल अन्नपूर्ण पढ्न मनाएँ, यो चै १२ भाइको होइन भनेर ।
मैले पत्रपत्रिका बिक्री वितरणसमेत गर्छु । केही समयअघि कान्तिपुर छोडेका एक पत्रकार मकर श्रेष्ठले सोधेका थिए, ‘किरणजी आजकल पत्रपत्रिकाको बिक्री वितरण कतिको छ ?’ मैले १ वर्षको पूरै तथ्याङ्क देखाइदिएँ । उहाँ छक्क पर्नुभयो ।
गत साल यही समयमा कान्तिपुर पत्रिका ३० थान आसपास बिक्री हुन्थ्यो । आजको दिनमा १२ थान आउँछ । त्यसमा पनि ४-५ थान त फिर्ता हुन्छ । अब आफैं तथ्याङ्क केलाउनुस् । गत साल २४ देखि ३२ पेज प्रकाशित हुने कान्तिपुर अहिले ८ पेजमा झरेको छ ।
१२ भाइको ब्राण्डिङ
गत सालको संघीय निर्वाचनमा रवि लामिछानेको पार्टी रास्वपा होमियो । नसोचेको सफलता हात पार्यो । कांग्रेस-माओवादी गठबन्धन निर्वाचनपश्चात टुटेपछि एमालेको सहयोगमा प्रचण्ड प्रधानमन्त्री भए । रवि उपप्रधानसहित गृहमन्त्री बन्न सफल भए ।
सर्वोच्च अदालतबाट समेत सावित भएको वास्तविकता ओझेल पार्न खोज्दै रविले ‘नेपाली पत्रकारिताको लेभल भएन’समेत भन्न भ्याए । उनको आलोचना गर्ने मिडिया हाउस र पत्रकारमाथि तल्लो स्तरमा गालीगलौजसमेत गरे । त्यतिमात्र हो र ! मिडिया हाउस घेर्ने र नेतृत्व आफैंले गर्ने भन्दै मिडियाहरुलाई बहिष्कारसमेत गर्नुपर्ने धम्की दिए ।
उनले नेपाली नागरिकता नलिएको विषयमा निर्वाचनताका नै कुरा उठे पनि निर्वाचन आयोगले मुद्दा अदालततिर सोझ्याएको थियो । तत्कालीन समयमा नेपाली नागरिकता नलिएका गैरनेपाली सांसद र गृहमन्त्री बनेपछि पत्रपत्रिकाहरुमा धाराप्रवाह प्रमाणसहित समाचार आएको थियो ।
अदालतले उनी दोषी हुन्, उनले अर्को नागरिकता लिनुपर्छ भनेर फैसला गर्यो । उनी गृहमन्त्री त्याग्न बाध्य भए । गत साल माघ १७ गते रास्वापाले सरकार छोड्यो । रास्वपा अध्यक्ष रवि लामिछानेले रास्वपाको केन्द्रीय कार्यालय बसुन्धरामा माघ २२ गते विशेष पत्रकार सम्मेलन गरे । उक्त पत्रकार सम्मेलनमा उनले धेरै कुरा ओकले । अर्थात् केही कुरामा विषवमनसमेत गरे, विशेष गरी मेन स्ट्रीम मिडियाप्रति ।
नेपाली नागरिकता नै नभएको व्यक्ति सांसद र गृहमन्त्री भएको विषयमा मिडियामा आएको समाचार र सर्वोच्च अदालतबाट समेत सावित भएको वास्तविकता ओझेल पार्न खोज्दै रविले ‘नेपाली पत्रकारिताको लेभल भएन’समेत भन्न भ्याए । उनको आलोचना गर्ने मिडिया हाउस र पत्रकारमाथि तल्लो स्तरमा गालीगलौजसमेत गरे । त्यतिमात्र हो र ! मिडिया हाउस घेर्ने र नेतृत्व आफैंले गर्ने भन्दै मिडियाहरुलाई बहिष्कारसमेत गर्नुपर्ने धम्की दिए ।
उनले १२ भाइमध्येका कैलाश सिरोहिया, शिव गाउँले, अमित ढकाल आदिको नाम लिँदै चितवनमा निर्वाचन लड्न आउन चुनौतीसमेत दिए । १२ भाइ प्रकाशक/सम्पादकहरुले नै देश बिगारेको भाष्य निर्माण गर्न खोजे । अझ रास्वपाको प्रमुख शत्रु नै १२ भाइ सम्पादक हुन्, जसले गर्दा मैले काम गर्नसमेत पाइनँ भन्ने आशय व्यक्त गरे ।
केपी ओलीलाई खेद्न होस् वा चोलेन्द्रशमशेर राणा अथवा रवि लामिछानेलाई लखेट्न होस्, १२ भाइ भनिएकाले कतिपय सन्दर्भमा पत्रकारिताका सीमाहरु तोडेकै हुन् विगतमा । त्यसबेला ओलीका समर्थकको आवाज सञ्जालमा बिकेन, रविको आरोप बिक्यो ! कुरा त्यति हो ।
त्योभन्दा पहिले एमालेका केही कार्यकर्ताहरु (जसले आफूलाई २४ क्यारेट भन्छन्) तिनले समेत १२ भाइको विरोध गर्थे, मसिनो स्वरले । त्यो विषयमा जनताले ध्यान दिएका थिएनन् । रविले १२ भाइविरुद्ध आगो ओकलेपछि नै हो, नेपाली समाज पत्रकारिताको मेन स्ट्रीमप्रति नकारात्मक बन्दै गएको ।
मैले यहाँ कथित १२ भाइ अत्यन्तै राम्रा र सही अनि रवि लामिछाने गलत भन्न खोजेको होइन । १२ भाइ भन्ने भाष्य पनि उनीहरुकै एक पक्षीय र निश्चित व्यक्ति वा विचारलाई संगठित रुपमा खेद्ने कर्मका कारण स्थापित भएको हो ।
केपी ओलीलाई खेद्न होस् वा चोलेन्द्रशमशेर राणा अथवा रवि लामिछानेलाई लखेट्न होस्, १२ भाइ भनिएकाले कतिपय सन्दर्भमा पत्रकारिताका सीमाहरु तोडेकै हुन् विगतमा । त्यसबेला ओलीका समर्थकको आवाज सञ्जालमा बिकेन, रविको आरोप बिक्यो ! कुरा त्यति हो ।
यहाँ कान्तिपुर पत्रिकाको सन्दर्भमा चाहिँ किन लिइएको हो भने अरु पत्रिका खासै बिक्दैनन् । समग्रमा पत्रिका बिक्री घटेकोमा कान्तिपुर पनि परेको छ । तर, तुलना गर्दा आज पनि कान्तिपुरको बिक्री नै अगाडि छ । दैनिक १ थान आउने नागरिक वा ३ थान आउने अन्नपूर्णको चर्चा गर्न नखोजेकै हो मैले । बरु नयाँ पत्रिकाको ग्राफ बढिरहेको छ । समग्रमा अखबारी पत्रकारिता संकटमा परेको देख्छु भने मूलधारको पत्रकारिता नै चुनौतीमा छ ।
अहिले नेपाली समाजमा जसरी पनि भाइरल हुने रोग लागेको छ । जे गरेर भए पनि भाइरल हुने प्रवृत्ति बढेको छ । हो, त्यही जमातलाई रविले चर्का कुरा गरेर आर्कषित गरे । उनले अन्टसन्ट बोलेर जनतालाई आर्कषित गरिरहेका छन् । फलतः निर्वाचनमा फराकिलो मतले जिते पनि ।
किन घट्यो पत्रिका बिक्री ?
पछिल्लो समय पत्रपत्रिकाको बिक्री वितरण घटेको कुरामा दुई मत नै छैन । हिमाल, नेपाल, मूल्याङ्कन, नवयुवा जस्ता धेरै म्यागेजिन बन्दसमेत भएका छन् । केही साप्ताहिक नगन्य मात्रामा प्रकाशित भैरहेका छन् । जनआस्था, साँघु, घटना र विचार, ताजाखबर आदिबाहेक धेरैले प्रकाशन गर्न नै छोडिसके । किन पत्रिका प्रकाशन बन्द तथा प्रकाशन भइरहेका पनि बिक्री कम हुन थाले ?
केही कारण भन्नुपर्दाः
- खासमा पछिल्लो समय प्रविधिको विकासले पत्रपत्रिकाको प्रकाशन कम भएको र बिक्रीमा कमी आएको हो ।
- पत्रपत्रिकामा भोलि आउने खुराक आज नै, अहिले नै हातहातमा हेर्न/सुन्न र पढ्न पाइने भएपछि पाठकले पत्रपत्रिका किन्न छाडे ।
- सीधा भाषामा भन्नुपर्दा ‘बासी समाचार किन पढ्नू’ भन्ने भाष्य निर्माण भैरहेको छ ।
हामी धेरै जनता हेडलाइन हेरेर समग्र पक्षमा धाराप्रवाह गफ दिँदै विश्लेषक बनिरहेका छौं । १४ सेकेण्डको भिडियो हेरेर धारणा निर्माण गर्दैछौं । झन् यही बेलामा बोल्नेको पीठो बिक्छ भन्ने ज्वलन्त उदाहरण बनेर आए रवि । जसले आफूले सत्ता छोड्नुपर्दाको मुख्य कारण नै १२ भाइ सम्पादक हुन् भन्ने भाष्य निर्माण गरिदिए ।
अहिले सञ्चारकर्मीहरुलाई समेत भाइरल हुने रोगले गाँजेको छ । विनाप्रसङ्ग, विनाअर्थका सवालजवाफ गरेर हैरान पार्ने युट्युबरहरुले गर्दा सबै सञ्चारकर्मीहरु बद्नाम भएका छन् । बुम र क्यामेरा बोकेपछि सबैभन्दा शक्तिशाली मै हुँ, मलाई कसैले केही गर्न सक्दैनन् भन्ने सोचले सञ्चार क्षेत्र र सञ्चारकर्मीहरुमा विकृति बढेका छन् ।
अहिले नेपाली समाजमा जसरी पनि भाइरल हुने रोग लागेको छ । जे गरेर भए पनि भाइरल हुने प्रवृत्ति बढेको छ । हो, त्यही जमातलाई रविले चर्का कुरा गरेर आर्कषित गरे । उनले अन्टसन्ट बोलेर जनतालाई आर्कषित गरिरहेका छन् । फलतः निर्वाचनमा फराकिलो मतले जिते पनि । एउटै निर्वाचन नै सधैं आधार बन्छ भन्ने त होइन । यो मत रविको आकर्षणमा भन्दा पनि पुराना पार्टीहरुप्रतिको विकर्षण हो भन्ने कुरामा दुईमत छैन ।
पत्रकारको भाइरलमोह
हो, नेपाली पत्रकारिता त्यति निष्पक्ष छैन । त्यहाँभित्र पनि समस्या छन् । झन् युट्युब च्यानल र अनलाइनको बाढीले को पत्रकार र को युट्युबर भन्ने छुट्याउनै नसकिने अवस्था आएको छ । अहिले सञ्चारकर्मीहरुलाई समेत भाइरल हुने रोगले गाँजेको छ । विनाप्रसङ्ग, विनाअर्थका सवालजवाफ गरेर हैरान पार्ने युट्युबरहरुले गर्दा सबै सञ्चारकर्मीहरु बद्नाम भएका छन् । बुम र क्यामेरा बोकेपछि सबैभन्दा शक्तिशाली मै हुँ, मलाई कसैले केही गर्न सक्दैनन् भन्ने सोचले सञ्चार क्षेत्र र सञ्चारकर्मीहरुमा विकृति बढेका छन् । यसले नेपाली पत्रकारिता क्षेत्र दिनानुदिन बद्नाम र जनताबाट तिरस्कृत हुँदै गैरहेको छ ।
नेपाली जनताले युट्युबे र पत्रकारहरुबीच भेद छुट्याउन नसकेको बेला पत्रकारिता गरिरहेकाहरुले नै भाइरल हुने नाममा विभिन्न फन्डा गर्न थालेपछि कहाँ पुग्ला नेपाली पत्रकारिता ? त्यसमाथि सामाजिक सञ्जालमा आएकै सूचना र जानकारी मिडियामा आउन थाले । सञ्चारकर्मीले आफैंले खोजी गरेर गहन समाचार सामग्री दिने चलनै हरायो भन्दा हुन्छ । यसले पनि जनता सञ्चारमाध्यमबाट टाढिँदै गएका छन् । नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीहरुले आआफ्नो कमजोरी र गलत प्रवृत्तिमा सुधार नगर्ने हो भने १२ भाइलाई जस्तै हरेक मिडिया र सञ्चारकर्मी जनताको बहिस्करणमा नपर्ला भन्न सकिन्न ।
पत्रिकाले पनि एउटाको पक्षमा लागेर अति नै खेदाे गर्ने , पूर्वाग्रही र मिसन पत्रकारिताले ग्रस्त भएकाले रविले इन्कित गरेका १२ भाइ क्रमश जनताबाट टाढिएर हराउने छन् । खेद्नुकाे पनि सिमा हुन्छ नि ! जे हाेस, लेख राम्रो छ।