आवश्यकता अनुसार मन्त्रिमण्डल विस्तार हुन्छ : मुख्यमन्त्री कार्की – Nepal Press

आवश्यकता अनुसार मन्त्रिमण्डल विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आवश्यकता अनुसार मन्त्रिमण्डल विस्तार हुने बताएका छन् ।

शनिवार सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले सरकारको प्राथमिकता मन्त्रिमण्डल विस्तार भन्दा पनि नागरिकको सेवा र मानवीय विकास रहेको बताए ।

उनले भने, ‘मन्त्रिमण्डल भनेको मुख्यमन्त्रीलाई चाहिने हात हो । मुख्यमन्त्रीलाई जहिले आवश्यक हुन्छ मन्त्रिमण्डल त्यही बेला बन्छ । अहिले आवश्यक परे अहिले र भोली परे भोली नै मन्त्रिमण्डल बन्नेछ ।’

मुख्यमन्त्री कार्कीले मङ्सिर १७ गते नेपाली काँग्रेसका समशेर राई, नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

त्यसयता, नेकपा माओवादी सहितका अन्य दलले मन्त्रीमण्डल विस्तारका लागि दबाब दिँदै आएका छन् ।

मुख्यमन्त्री कार्कीले भने प्रदेशमा नागरिकको कामलाई प्राथमिकता राख्दै मन्त्रिमण्डललाई आवश्यकता अनुसार पूर्णता दिने बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर