यू-१९ एसिया कप: नेपालले आज अफगानिस्तानको सामना गर्दै
काठमाडौं । एसिसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ । युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा नेपाल र अफगानिस्तानबीचको खेल बिहान सवा ११ बजे सुरू हुनेछ ।
दुबै टोली पहिलो खेलमा पराजित भएका थिए । सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राख्न दुवै टोलीलाई आजको खेल जित्नुपर्ने दबाव छ। पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेट र अफगानिस्तान भारतसँग ७ विकेटले पराजित भएको थियो ।
नेपालले तेस्रो खेल भारतसंग मंगलबार खेल्नेछ ।
नेपालको टोली :
देव खनाल (कप्तान), दीपक डुम्रे, उत्तम थापा मगर, विपिन रावल , गुलशन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, हेमन्त धामी, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, तिलक राज भण्डारी र आकाश चन्द ।