अफगानिस्तानविरुद्ध दबाबमा नेपाल
नेपाल प्रेस
२०८० मंसिर २४ गते १७:१६
काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रीकेटमा अफगानिस्तानले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपालले खराब प्रदर्शन गरेको छ ।
दुबईमा रहेको आईसीसी एकेडेमी ओभल-२ मा ब्याटिङ गरिरहेको नेपालले २३ ओभरमा ५ विकेट गुमाएर ९८ रन बनाएको छ ।
क्रीजमा अर्जुन कुमाल २३ र गुल्सन झा १० रन बनाएर खेलिरहेका छन् । विपिन रावल ०, दीपक बोहरा १५ र कप्तान देव खनाल २४ रन बनाएर आउट भए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २ सय ६१ रन बनाएको थियो ।
अफगानिस्तानका लागि जमशीद जद्रानले १ सय ६ रनको सतकीय इनिङ खेलेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर