वीर अस्पतालले हप्ताको दुई दिन ब्रेन ट्युमर विशेषज्ञ सेवा दिने
नेपाल प्रेस
२०८० मंसिर २५ गते ७:०१
काठमाडौं । वीर अस्पतालले हप्तामा दुई दिन ब्रेन ट्युमर विशेषज्ञ सेवा दिने भएको छ ।
न्यूरो सर्जरी विभाग अन्तर्गत स्थापना भएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्र मार्फत् आइतबार र बुधबार विहान १० बजेदेखि १ बजेसम्म सेवा दिने जनाएको छ । यो सेवा विभागको कोठा नम्बर ४३१ मा सञ्चालन हुने छ ।
यस्तै हप्तामा दुई दिन राष्ट्रिय न्यूरो स्पाइन केन्द्रमार्फत न्यूरो स्पाइन (मेरुदण्ड) क्लिनिक सेवा पनि वीर अस्पतालले सुरु गरेको छ । यो सेवा कोठ नम्बर ४२८ मा सञ्चालन हुने छ ।
यस्ता रोगहरुको निदन निःशुल्क गर्न सरकारसँग विशेष पहल गरिने पनि अस्पतालका निमित्त निर्देशक डा. श्रवण कुमार थापाले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर