एकैदिन ग्लोबल आइएमई बैंककाे ४ नयाँ शाखा सञ्चालनमा – Nepal Press

एकैदिन ग्लोबल आइएमई बैंककाे ४ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

आइतबार बैंकले काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–५, चन्द्रागिरी नगरपालिका–१३, चितवनको भरतपुर महानगरपालिका–८ र तनहूँको आबुँखैरेनी गाउँपालिका–३ मा एकै दिन नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले आइतबार देखि नै काठमाडौंको बूढानिलकण्ठ, चन्द्रागिरीको दहचोक, भरतपुरको शरदपुरमा र तनहूँको आबुँखैरेनीका नयाँ शाखामा सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराएको छ ।

बैंकले हाल देशभर ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सय भन्दा बढी सेवा केन्द्रबाट ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर