लकइन पिरियड सकिनु ३० दिनअघि नै सूचना दिन धितोपत्र बोर्डको निर्देशन – Nepal Press

लकइन पिरियड सकिनु ३० दिनअघि नै सूचना दिन धितोपत्र बोर्डको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत संस्थालाई संस्थापक समूह तथा अन्य समूहको लकइन पिरियड सकिनुभन्दा ३० दिनअघि सार्वजनिक गर्न निर्देशन दिएको छ ।

सोमबार धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत संगठित संस्थाको संस्थापक तथा अन्य समूहको शेयरको ‘लकइन’ अवधि समाप्त हुनुभन्दा ३० दिन अघि नै सार्वजनिक सूचना प्रकाशन गर्न निर्देशन दिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लि र सबै सूचीकृत संगठित संस्थालाई बोर्डले लक इन पिरियड कार्यान्वयनबारे नयाँ निर्देशन दिएको हो ।

बोर्डले लकइन अवधि सम्बन्धी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न, सर्वसाधारण लगानीकर्तालाई समेत जानकारी प्राप्त हुने व्यवस्था गर्न तथा धितोपत्र बजारमा हुने कारोबारलाई थप व्यबस्थित तथा पारदर्शी बनाउन आवश्यक देखिएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर