१० कित्ते नीति फेर्ने तयारी, सेबोनले बनायो पुनरावलोकन समिति – Nepal Press

१० कित्ते नीति फेर्ने तयारी, सेबोनले बनायो पुनरावलोकन समिति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले १० कित्ता आईपीओ भर्ने व्यवस्था हटाउने भएको छ । आईपीओमा न्यूनतम १० कित्ता दिनैपर्ने नीति हटाउने तयारी गरेको हो ।

सेबोनले १० कित्ते नीति पुनरावलोकनको लागि समिति गठन गरेर सेबोनका प्रवक्ता मुक्ति श्रेष्ठले बताए । समिति बोर्ड सदस्य प्रविण कुमार झाको संयोजकत्वमा बनेको छ भने, समितिमा बोर्ड सदस्य भोलानाथ ढुंगाना, कार्यकारी निर्देशक समेत रहेका मुक्ति श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिकाप्रसाद गिरी सदस्य रहेका छन् ।

समितिले आईपीओमा न्यूनतम १० कित्ते नीति सम्बन्धी व्यवस्था पुनरावलोकनका लागि अध्ययन गर्ने छ । अध्ययनबाट यथावत राख्ने की हटाउने भनेर सुझाव पेश हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर