किराँती भेषमा ओली- भोजपुरको चखेवाभन्ज्याङमा ढोल झ्याम्टासहित भव्य स्वागत (तस्बिरहरू)
भोजपुर । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १४औं दिन नेकपा एमालेको टोली कोशी प्रदेशको पहाडी जिल्ला भोजपुर आइपुगेको छ ।
हिजो कोशी आएको अध्यक्ष ओली नेतृत्वको टोली ओखलढुंगा, उदयपुर र खोटाङ हुँदै भोजपुर आइपुगेको हो । यात्रामा सहभागी एमाले टोलीलाई खोटाङ-भोजपुरको सिमाना चखेवाभञ्ज्याङमा भव्य स्वागत गरिएको छ ।
ओली किराँती भेषमा सजिएका छन् । ढोल झ्याम्टासहित पुगेका स्थानीयले साकेला नाच्दै ओलीलाई स्वागत गरेका छन् । सहभागीलाई स्वागत गर्न गाउँगाँउबाट सर्वसाधारण आएका छन् । वृद्धवृद्धा बालबालिकाको उल्लेख्य सहभागिता छ । स्वागत गर्न आएकाहरू आफ्ना जातीय पहिरन र भेषभूषामा सजिएका छन् ।