झिनो अंकले बढ्यो शेयर बजार, करिब ४ अर्बको कारोबार – Nepal Press

झिनो अंकले बढ्यो शेयर बजार, करिब ४ अर्बको कारोबार

काठमाडौं । सातको चौथो दिन शेयर बजार झिनो अंकले बढेको छ भने, करिब ४ अर्ब रुपैयाँको कारोबार भएको छ ।

बुधवार नेप्से परिसूचक २.६० अंकले बढेर १९८८.०४ बिन्दुमा कायम भएको हो । यस दिन बजारमा १ करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयरको खरिदबिक्री हुँदा ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७० रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन मङ्गलवार मात्रै परिसूचक ३६.८६ अंकले बढेर १९८५.४४ बिन्दुमा कायम हुँदा बजारमा ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँको कारोबार भएको थियो ।

आजको कारोबारमा बोटल्स नेपाल९बालाजु० लिमिटेड, मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड, घलिम्दी हाइड्रो लिमिटेड र सानीमा डेबेन्चअर २०८७ का लगानी कर्ताले सर्वाधिक नाफा कमाएका छन् । भने, कुथेली बुखारी साना जलविद्युत लिमिटेड र सुपर माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

बुधवार बजार पुँजीकरण ३० खर्ब ६५ अर्ब रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर