देउवा गुटको सभापति भएको गगनको आरोप (भिडिओ)
अब राष्ट्रियसभाको टिकट वितरणबाट देउवालाई जाँच्ने भनाइ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभाको निर्वाचनको उम्मेदवार छान्न मापदण्ड बनाउनुपर्ने बताएका छन् । बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा बसेको इतर समूहको भेलामा उनले पार्टी सभापति शेरबहादुर देउवा समूहभन्दा माथि उठ्न नसकेको आरोप लगाए ।
उनले भने, ‘१४ औं महाधिवेशपछि हामीले तीनवटा चुनाव भए तर हामीले अहिलेसम्म एउटा पनि मापदण्ड बनाउन सकेनौं । सभापतिले न्यायपूर्ण व्यवहार गर्नुभएन । उहाँले आफ्नो समूहमा भन्दा बाहिर हेर्नुभएन । त्यसैले यो पटकको राष्ट्रियसभाको निर्वाचनमा मापदण्ड बनाउनुपर्छ । न्यायपूर्ण ढंगले गर्नुपर्छ ।’
उनले राष्ट्रियसभाको निर्वाचनको टिकट वितरणमा देउवा कांग्रेस सभापति बन्न सक्छन् कि सक्दैनन् प्रष्ट हुने बताए । उनले आजको बैठकमा सुशासन र एकपछि अर्को आएको काण्डको विषयमा छलफल गम्भिर छलफल भएको बताए ।