संकल्प यात्राले मध्यपहाडको मौलिक पहिचानलाई उजागर गरेको छ : एमाले महासचिव
उनले भने- यात्राले अध्यक्ष र एमालेप्रतिको क्रेज अझ बढ्यो
भोजपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समृद्धिका लागि संकल्प यात्राले मध्यपहाडको मौलिक पहिचानलाई उजागर गरेको बताएका छन् ।
बिहीबार बिहान भोजपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै महासचिव पोखरेलले मध्यपहाडी लोक मार्गको यात्राले मौलिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन सहयोग गरेको बताए ।
यात्राले पार्टी अध्यक्ष र एमालेप्रतिको क्रेज अझ बढेर गएको उनको भनाइ छ । उनले भने, ‘यात्राले हाम्रो पार्टी अध्यक्षप्रतिको क्रेज बढेर गएको पायौं । बालबालिकादेखि जेष्ठ नागरिकहरुको अथाह माया पाएका छौँ । विपक्षी दलका नागरिकको पनि उत्तिकै सम्मान पाएका छौँ ।’
पोखरेलले पहाडी क्षेत्रमा विकासको परिवर्तन हुँदैछ भन्ने सन्देश आफूहरूले यात्राको क्रममा पाएको बताए ।