युनिलिभरको ३०औं वार्षिक साधारण सभा सम्पन्न, सर्वाधिक लाभांश पाउदै सेयरधनीहरु – Nepal Press

युनिलिभरको ३०औं वार्षिक साधारण सभा सम्पन्न, सर्वाधिक लाभांश पाउदै सेयरधनीहरु

काठमाडौं । युनिलिभर नेपालले आफ्नो ३०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

बुधबार काठमाडौंको होटल याक एण्ड यतीमा युनिलिभर नेपालले अध्यक्ष देव बाजपेइ र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको उपस्थितिमा सम्पन्न गरेको हो ।

युनिलिभरले गत वर्षको तुलनामा कर पछिको नाफा १९ प्रतिशत बढाएर १८३.४ करोड पु¥याएको छ । जहाँ शेयरधनीहरुले कम्पनीकै इतिहासमा यस वर्ष सर्वाधिक लाभांश प्रति शेयर १५ सय ८० रुपैयाँ पाउने भएको कम्पनीले तबाएको छ ।

युनिलिभर नेपालका अध्यक्ष देव बाजपेइले भने, ‘न्यून लगानी, जैविक विविधतामा देखिएको नकरात्मक असर, भूराजनैतिक टकराव, सामाजिक ध्रुवीकरण, र साइबर असुरक्षालाई बढी जोड दिइएको छ । किनकी विश्वव्यापी जोखिमहरु केही समयको लागि यसैको वरपर रहने अपेक्षा गरिएको छ । यहाँ, हामी अबको यात्रा कठिन हुन सक्ने अपेक्षा गर्न सक्छौं, तर हामी विश्वस्त छौं कि यसलाई हामी अत्यन्त लगनशीलताका साथ व्यवस्थापन गर्न सक्षम हुनेछौं । युनिलिभर नेपाल लिमिटेडको व्यापक आपूर्ति सञ्जाल, चुस्त ग्राहक व्यवस्थापनयुक्त उद्देश्यपूर्ण बजार प्रवद्र्धनका साथ अघि बढ्ने क्रममा हामीसँग आगामी आर्थिक वर्षमा र त्यसभन्दा पछिका लागि भौगोलिक, खरीद, मानव पूँजी, प्रविधि, समावेशीता र स्थायित्वमा देखा परेका व्यवधानहरु हटाउँदै अगाडी बढ्ने प्रशस्त अवसरहरु रहेका छन् ।’

समारोहमा युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले कर पश्चात् कम्पनीको खुद नाफा गत वर्षको १५४.२ करोडबाट बढेर वर्ष १८३.४ करोड पुगेको बताए । उनले भने, ‘अहिले नाफा बितेको १० वर्षकै सबैभन्दा धेरै रहेको छ । यो अद्भूत सफलता उत्पादनहरुको स्थानीयकरणमा गरिएको प्रयासहरु, प्रभावकारितामार्फत् गरिएको उल्लेख्य लागत बचत, र उपभोक्ताहरुले युनिलिभरको ब्राण्डहरुमा देखाएको अतुलनीय रुचीका कारण प्राप्त हुन सकेकोम छ । हाम्रो ब्यालेन्स सिट न्यून लगानीको कारण मजबुत छ र बलियो संचालन पूँजीको प्रवाह रहेकोले गत वर्ष बजारमा समस्या हुँदा पनि यसलाई कुनै असर परेको थिएन ।’

युनिलिभर नेपाल लिमिटेडको ८५ प्रतिशत शेयर संस्थापक शेयरधनीहरुको रहेको छ भनें बाँकी १५ प्रतिशत शेयर सर्वसाधारणहरुको रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर