सर्वोच्चद्वारा डा.सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउनुको कारण माग
नेपाल प्रेस
२०८० मंसिर २८ गते २१:४५
काठमाडौं । सर्वोच्च अदालतले वीर अस्पतालको निर्देशकबाट डा. सन्तोष पौडेललाई हटाउनुको कारण माग गरेको छ । सर्वोच्चका न्यायाधीस हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेशका लागि छलफलमा पनि बोलाएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।
वीर अस्पतालका निर्देशकबाट हटाइएका पौडेलले पुनर्वहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मंसिर १४ गतेको मन्त्रीस्तरीय निर्णयबाट पाैडेललाई वीर अस्पतालको निर्देशक पदबाट हटाएका थिए ।
मन्त्रीस्तरीय निर्णयका आधारमा मन्त्रालयले डा. पौडेललाई निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी अर्को निर्णय नहुँदासम्मका लागि मन्त्रालयमा हाजिर हुन भन्दै पत्र पठाएको थियो । त्यलगत्तै डा. पौडेलले पुनर्वहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
डा.पौडेललाई हटाएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा.भूपेन्द्र बस्नेतले उपकुलपतिस्तरीय निर्णय गर्दै एक हप्ताअघि डा. श्रवण थापालाई निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर