सर्वोच्चको आदेशबाट बद्री खड्का बागमती प्रदेश स्वास्थ्य सचिवमा पुनर्वहाली
काठमाडौं । सर्वोच्च अदालतले प्रदेश सरकारको स्वास्थ्य सचिवबाट हटाइएका बद्री खड्कालाई पुनः सचिव पदमा काम गर्न अन्तरिम आदेश दिएको छ । प्रदेश सरकारको उक्त निर्णय कानूनविपरित भएको भन्दै खड्का पुनः बहालीको माग लिएर सर्वोच्च अदालत गएका थिए ।
सर्वोच्चका न्यायधीश हरिप्रसाद फुयाँलको एकल इजलासले उनले माग गरेअनुसार अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार अदालतबाट अन्तरिम आदेश जारी भएसँगै कार्कीलाई पुनः बागमती प्रदेशको स्वाथ्य सचिवका रूपमा काम गर्ने बाटो खुलेको हो ।
मंसिर १२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले खड्कालाई सचिवको जिम्मेवारीबाट हटाई १० औँ तहका दीपक तिवारीलाई निमित्त सचिवको जिम्मेवारी दिएको थियो । उक्त निर्णयविरुद्ध खड्का गत मंसिर १९ गते सर्वोच्च अदालत पुगेका थिए । सोही रिटमा सर्वोच्चले बिहीवार अन्तरिम आदेश दिएको हो ।