दाङमा एमाले कार्यकर्ताद्वारा भूकम्पबाट क्षतिग्रस्त घर निर्माण गरी हस्तान्तरण – Nepal Press

दाङमा एमाले कार्यकर्ताद्वारा भूकम्पबाट क्षतिग्रस्त घर निर्माण गरी हस्तान्तरण

रुपन्देही । दाङमा एमाले कार्यकर्ताद्वारा भूकम्पबाट क्षतिग्रस्त घर निर्माण गरी हस्तान्तरण गरेका छन् ।

कार्तिक १७ गते रातीको भूकम्पले पूर्ण रूपमा क्षति भएको दाङको तुलसीपुर उपमहानगर वडा नं १४ को डवाङपुरमा रहेको सोमलाल चौधरी घर नेकपा एमालेको टोलीले टिनसहितको टहरा निर्माण गरी हस्तान्तरण गरेको हो ।

घर निर्माणका लागि नेकपा एमाले लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्य र नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीको नेतृत्वको टोलीसहित एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य चुर्न ब ओली, एमाले दाङका संगठन विभाग प्रमुख श्याम डाँगी, स्कुल विभाग प्रमुख विवेक श्रेष्ठ, दाङ क्षेत्र न घ का संयोजक मेघराज भुसाल, जिल्ला सदस्य उषा खरेल, माया पोखरेल रावत, घोराही उपमहानगरका अध्यक्ष भुवन चौधरी, घोराही १० का अध्यक्ष तिलक महतरा, राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश कमिटी सदस्य राकेश बुढाथोकी गोल्डेनको सहभागिता रहेको थियो।

संकटमा परेका नागरिकलाई सहयोग गर्ने पार्टीको योजनाअनुरुप विपदमा परेका चौधरीको घर निर्माण गरिएको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *