समृद्धिका लागि सम्पत्ति
पार्टीका आआफ्ना नीति, विचार, सिद्धान्त, कार्यक्रम र कार्ययोजना हुन्छन् । आफ्नै रणनीति, कार्यनीति र कार्यदिशा पनि छन् । पार्टी आफैंमा राम्रा र नराम्रा भन्ने हुँदैनन् । पार्टीलाई हाँक्ने नेता, तिनीहरुका कार्यकर्ता र अनुयायीहरु कस्ता छन् भन्ने कुराले समेत पार्टीका बारेमा व्याख्या, विश्लेषण गर्न सम्भव हुन्छ । तिनीहरुले नै पार्टीका पहिचान दिन्छन् । पार्टीलाई प्रभाव र असर पार्न सक्छन् ।
यतिबेला नेकपा एमाले आफ्नो लम्बे राजनीतिक अभियानका साथ बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा नाम दिएर आफूलाई गन्तव्यमा पुराउँदैछ । एमाले ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को नारालाई सफलीभूत बनाउने अन्तिम चरणमा पुगेको छ । मंसिरको १४ गतेदेखि सञ्चालित समृद्धिका लागि संकल्प यात्रा पुस २ गते सम्पन्न हुँदैछ । यसका बारेमा नेकपा एमाले वृत्तमा ठूलै बहस देखिन्छ भने मूलधारको पत्रकारिताले कम चासोको रुपमा लिएको पाइन्छ ।
नेकपा एमालेले किन यो लम्बे अभियानको थालनी गर्यो भन्ने विषयमा पार्टीमा धेरै नै छलफल भएको पाइन्छ । तर, बाहिरी फेरो अन्य पार्टी र जनमानसलाई यसको प्रभाव किन कमजोर देखियो ? खोज, अध्ययन र अनुसन्धानका विषय हुन सक्लान् ।
नेकपा एमालेले पुष्पलाल मध्यपहाडी लोकमार्गलाई किन आफ्नो यात्राको मूल बाटो ठान्यो ? यहीबाट सुरु गरौं कि झैं लाग्यो । यो लोकमार्गले मध्यपहाडी भेगका २६ जिल्लालाई छुन्छ । सायद यही लोकमार्गलाई आफ्नो सरकार आउँदा नेकपा एमालेले २०७४ सालमा उच्च प्राथमिकतामा राखेको थियो । यो पनि सत्य हो कि तिनै पुष्पलालको यो वर्ष सयौं जन्मजयन्ती पनि पर्छ । संवत् १९८१ सालको असार १५ गते रामेछापको भंगेरीमा जन्मिएका उनै पुष्पलालको शत वार्षिकी मनाइरहँदा यस मार्गलाई स्मरण गर्दै ती भेगमा बस्ने मानिसका रहनसहन, संस्कृति, सभ्यता, कृषि, पर्यटन, भूगोलका बारेमा मात्र होइन, पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक र समर्थकहरुको भावना बुझ्दै मिसन ८४ मा पार्टीलाई बहुमतका साथ संसदमा पुर्याउने संकल्प पनि हुनसक्छ ।
त्यस क्षेत्रको बसाइसराइलाई रोक्न कसरी सकिन्छ ? किन जनसंख्या घट्दैछ ? यहाँको उत्पादनले धान्न कसरी सक्ला ? मध्यपहाडी क्षेत्रका आयस्रोत के के हुन् ? कस्ता जातजाति बस्दै आएका छन् ? यावत विषयमा विमर्श गर्न पनि एमालेको यो लम्बे यात्राले सार्थकता पाउने नै छ ।
यो मौसममा झुलाघाटबाट हिँडेदेखि हजारौं मानिससँग भेटघाट, कुराकानी, उनीहरुका दुःखसुखलाई बुझ्ने काममात्र होइन, उनीहरुका गुनासालाई समेट्ने काम भएका छन् । डडेलधुराबाट पार्टीका अध्यक्ष केपी ओलीले आफ्ना समकक्षी नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर म तपाईंको गृह जिल्ला आइपुगेको छु भन्ने सन्देश दिँदा देउवाले हार्दिकतापूर्ण स्वागत छ भनेको कुराले एकछिन बजार ततायो ।
फरक पार्टीका नेता, कार्यकर्ताहरुले स्वागत, सम्मान र हार्दिकता प्रकट गरेका कुराले राजनीतिक संस्कारप्रति सम्मान जागेको छ । जाजरकोटमा पूर्वअर्थमन्त्री जनार्दन शर्माले स्वागत गरेको कुरालाई सामान्य रुपमा लिन हुँदैन । त्यसैगरी बाग्लुङमा देवेन्द्र पौडेलले सम्मान गरेको तस्वीरले नयाँ सन्देश प्रवाह गरेको पाइन्छ ।
पार्टीका महासचिव शंकर पोखरेलले नेकपा एमालेको यो समृद्धि यात्रामा सुन्तला, स्याउका सुन्दर बयान गर्दै आफ्नो फेसबुक वाल भरेका छन् । यतिबेला सुन्तला, स्याउ फल्ने र खाने मौसममात्र होइन, यिनै कुराहरुबाट देशको समृद्धि सम्भव छ भन्ने उनको तर्कले एमालेको पुष्पलाल मध्यपहाडी क्षेत्रको कृषिमा एमालेको दृष्टि पुगेको सबैलाई हेक्का भएको छ ।
कतिपले यो अभियानलाई खिसीटिउरी गरेका पनि छन् । सुन्तला खाँदै जनताका कुरा सुन्दा वा स्याउ चाख्दै स्थानीयसँग सम्बन्ध विस्तार गर्दै हिँडेका एमाले नेताहरुलाई एकताबद्ध तरिकाले देख्दा ‘दैला पनि परदेश ठान्ने’ केही पार्टीका नेता, कार्यकर्ताहरुले बद्ख्याइँ गरिरहँदा उनकै नेता, कार्यकर्ता र शुभचिन्तकहरुले एमालेका अभियन्ताहरुलाई स्वागत गरेको, फूलमाला लगाइदिएको र आफ्ना पीडा पोखिरहँदा जलन नभएको पक्कै पनि होइन । यो अभियानमा पार्टी सचिवालय सिंगो रुपमा सँगै हिँडिरहेको बेला अरु पार्टीका मन, मस्तिष्कमा एमालेको एकताले ढ्याङ्ग्रो ठोक्नु कुन अनौठो कुरो भयो र ?
यो लोकमार्गमा २६ जिल्लाका करिब ५७ लाख ७८ हजार ९८५ जनाले बसोबास गर्दै आएका छन् । एक दशक अघिको जनगणनामा भन्दा यो पटक एक लाख ६३ हजार ८९१ जना मानिसको संख्या कम देखियो । यसो हुुनुमा बसाइसराइ नै प्रमुख देखियो । सायद एमालेका नेताहरुले यो कुरा बुझेर पनि होला, त्यस क्षेत्रको बसाइसराइलाई रोक्न कसरी सकिन्छ ? किन जनसंख्या घट्दैछ ? यहाँको उत्पादनले धान्न कसरी सक्ला ? मध्यपहाडी क्षेत्रका आयस्रोत के के हुन् ? कस्ता जातजाति बस्दै आएका छन् ? यावत विषयमा विमर्श गर्न पनि एमालेको यो लम्बे यात्राले सार्थकता पाउने नै छ ।
यो लोकमार्गमा पर्ने पर्यटकीय गन्तव्यहरु, कृषि केन्द्रहरु, ज्ञानविज्ञानका क्षेत्रहरु, पर्यावरणीय क्षेत्रहरु, जैविक विविधताका संरक्षित क्षेत्रहरु, शिक्षा र स्वास्थ्यका लागि गर्न सकिने नौलो अभ्यासहरुका सन्दर्भमा पक्कै पनि नयाँ सोचको विकास एमालेले अभियानपछिका दिनमा प्रकट गर्ला ।
एमालेको यो यात्राको अर्को महत्वपूर्ण पाटो भनेको नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष पुग्दैछ । अर्थात् पार्टी स्थापनाको हीरक वर्ष भएकाले पनि नेकपा एमालेले आफ्नो पार्टीको प्रचारप्रसार गर्दै मध्यपहाडी क्षेत्रमा बस्ने स्थानीयसँग सम्बन्ध स्थापित गर्दै राष्ट्रिय सन्देश प्रवाह गर्न र मिसन ८४ मा आफ्नो पार्टीलाई पहिलो पार्टी बनाउने संकल्पका साथ हिँडेको हुनुपर्छ ।
नेकपा एमालेले यो लोकमार्गलाई स्तरोन्नति गर्न सकेमा समृद्धि सम्भव छ । यो लोकमार्गको सुदृढीकरण भनेकै नेपालीको समृद्धिको सपना पूरा हुनु पनि हो । यो लोकमार्गमा पर्ने पर्यटकीय गन्तव्यहरु, कृषि केन्द्रहरु, ज्ञानविज्ञानका क्षेत्रहरु, पर्यावरणीय क्षेत्रहरु, जैविक विविधताका संरक्षित क्षेत्रहरु, शिक्षा र स्वास्थ्यका लागि गर्न सकिने नौलो अभ्यासहरुका सन्दर्भमा पक्कै पनि नयाँ सोचको विकास एमालेले अभियानपछिका दिनमा प्रकट गर्ला ।
यात्रामा बालबालिकाले केपी ओलीलाई गरेको हाइहाइ, वृद्धाहरुले गरेको सम्मान अनि सहाराका लागि दिएको लौरो कति प्रतीकात्मक देखिन्थ्यो । सिन्धुपाल्चोकमा नेकपा माओवादी केन्द्रका बाग्मती प्रदेश अध्यक्ष एवम् बाग्मती प्रदेशसभा सदस्य सरल सहयात्रीले गरेको सम्मान, ओखलढुंगामा बीपीको सालिकमा पार्टीका नेताले गरेको माल्र्यापणलाई काङ्ग्रेसजनले आफ्ना फेसबुक वालमा तारिफ गरेको कुराले नेकपा एमाले देशकै मियो पार्टी रहेछ र ओली राजनेता रहेछन् भन्ने सन्देश प्रवाह गरेको भेटिन्छ ।
मध्यपहाडी क्षेत्रका बासिन्दा करिब ८० प्रतिशत प्राकृतिक जोखिममा पर्छन् । भूकम्प, भूक्षय, बाढी पहिरो, वन डढेलोका कारण यस क्षेत्रलाई संरक्षण गर्न नसकेमा आउँदा वर्षहरुमा यहाँबाट बसाइसराइको मात्रा थपिन सक्नेछ । यसका लागि एमालेको स्पष्ट दृष्टिकोण यात्रापछि आउनुपर्ने देखिन्छ । यस क्षेत्रमा पानीका मुहानहरु सुक्दै गएको भेटिन्छ । त्यसो भएमा स्थानीय काकाकूल बन्न सक्नेछन् । कृषिलाई आवश्यक सिंचाइको अभावले गर्दा यस क्षेत्रमा हुने सुन्तला, स्याउ, जुनारलगायतका फलफूलको उत्पादन घट्न सक्नेछ । अनि कसरी समृद्धि आउला त नेपालमा ?
मध्यपहाडी क्षेत्रका बासिन्दा करिब ८० प्रतिशत प्राकृतिक जोखिममा पर्छन् । भूकम्प, भूक्षय, बाढी पहिरो, वन डढेलोका कारण यस क्षेत्रलाई संरक्षण गर्न नसकेमा आउँदा वर्षहरुमा यहाँबाट बसाइसराइको मात्रा थपिन सक्नेछ । यसका लागि एमालेको स्पष्ट दृष्टिकोण यात्रापछि आउनुपर्ने देखिन्छ ।
एमालेको यो लम्बे अभियान समृद्धिका लागि संकल्प यात्रा भएकै कारण समृद्धिका बाटाहरु पक्कै खोजिनेछन्, संरक्षित गरिनेछन् ।
यात्रा रमाइलोमात्र होइन । यो ओजपूर्ण समेत हुन्छन् । १९ दिनसम्म सञ्चालन हुने उक्त यात्रामा रमाइला, खुशीका पलहरु नसमेटिने होइनन् । दुःख, पीडाका बहारसमेत आएका होलान् । सिन्धुलीको कला घरमा भएको पूर्वेली भजन, ख्यालीले एमालेजनमा उत्साह थपेको प्रस्ट देखिन्थ्यो । परम्परागत संस्कृति संरक्षणमा एमालेको भाव बुझ्न यो यात्राले सहज बनाउनेछ पक्कै । लमजुङमा ओलीपत्नी राधिकालाई गुरुङसेनी जस्तै देख्दा होस् वा पूर्वमा ओली बा शेर्पा पोशाकमा सजिँदा, त्यहाँको भाषा, कला, साहित्य, भेषभुषाप्रतिको सम्मान प्रकट भएको ठान्न सकिन्छ ।
मध्यपहाडी क्षेत्रमा धेरै आदिवासी जनजातिको बसोबास भएको पाइन्छ । उनीहरु लाहुरे हुन तेस्रो मुलुक पुगेका छन् । सन् १८१५ देखि बेलायतमा नेपालीहरु लाहुरे बन्न पुगेको इतिहास भेटिन्छ । पहिलो विश्वयुद्धमा बेलायतबाट लड्ने नेपालीको संख्या करिब एक लाख थियो । लाहुरे संस्कृति बनिसकेको छ । निवृत्त लाहुरेहरु बेलायत, हङकङ बस्न थालेपछि मध्यपहाडी भागमा जनसंख्या कम हुनु कुनै नौलो कुरै भएन ।
त्यसैगरी नेपालको पूर्वी मध्यपहाडी भागबाट भारतको दार्जिलिङतिर चियाबगानमा कामको खोजीमा पुगेका छन् । आसामतिर काष्ठकलामा निपूण हुन गएका छन् । तर, उनीहरु आफ्नो जन्मघरमा फर्किने चलन न्यून हुँदै जाँदा पूर्वी नेपालका मध्यपहाडी भाग रित्तो हुँदै गएको सत्य हो । यही क्षेत्रबाट नेपालीहरु कतार, दुबई, मलेसिया जानेको संख्या कम्तीको छैन । यी सबै कुराको नाडी एमालेले आफ्नो अभियानमा छाम्यो कि नाइँ ? त्यो कुरो त मलाई थाहा भएन । तर, यी कुराहरुका बारेमा अभियानमा संलग्न पार्टीका नेता र पार्टीले जवाफ खोज्नुपर्नेछ । सुदूरपश्चिमतिर पुष्पलाल लोकमार्गमा बस्नेहरु भारततिर धसिएका छन् । उनीहरु भारतका काला पहाडतिर कामको खोजीमा आज पनि छन् ।
समृद्धिका लागि ती क्षेत्रमा बस्ने मानिसहरु पहिलो शर्त हुन् । उनीहरुका गतिविधि र क्रियाकलापले नै समृद्धिका बाटा उघारिन सक्छन् । त्यसका लागि एमालेको समृद्धिको संकल्प अभियानबाट प्राप्त निचोड र कार्यान्वयनमा गरिने पहल पक्कै पनि समृद्धिका लागि सम्पत्ति हुन सक्नेछन् ।