नेपाली फुटबल विकास गर्ने हो भने सबै एक हुनुपर्छ : तुलाधार (भिडिओ)
काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव इन्द्रमान तुलाधारले तत्कालिन अवस्थाका चेन्ज एन्फाका पक्षधरहरू वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङ र पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा नमिल्नु नै नेपाली फुटबलको दुर्भाग्य रहेको बताएका छन् ।
गत भदौ २५ गते तुलाधरले ४९ जिल्लाको नेतृत्वसहित संयुक्त हस्ताक्षरसहित अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्तीको प्रश्ताव निवेदन गराएका थिए । सो प्रश्ताव हेटौँडा अधिवेशनसम्म पुगेको थियो । तर अधिवेशनमा तुलाधारले साथ नदिएपछि पूर्वअध्यक्ष कर्माछिरिङ पक्षले बहिस्कार गर्यो ।
उक्त अधिवेशन वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बर्खास्ती गर्ने प्रश्तावलाई बहुमतले अस्वीकार गरेको थियो । त्यतिबेला विद्रोही पक्षका तुलाधारले नै अन्तिम समयमा वर्तमान नेतृत्वमा साथ दिएका थिए । उनै तुलाधारले शनिवार आयोजित पत्रकार सम्मेलनमा नेपाली फुटबलको विकास गर्ने हो भने सबै जना एक हुनुपर्ने औंल्याएका हुन् । तुलाधरले चेन्ज एन्फाको नारा लिएर आएका बीच नै मतभेदकै कारण नेपाली फुटबलमा यो स्थितिमा पुगेको प्रष्ट पारेका छन् ।
शनिवार एन्फा मुख्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै तुलाधरले यही अवस्थामा नेपाली पुुटबल अगाडी बढ्न नसक्ने र मिलेर जानुपर्ने प्रतिक्रिया दिएका छन् । उनले एक कार्यकालसम्म कुनैपनि नेतृत्वले काम गर्न नसक्ने उल्लेख गर्दै कम्तीमा दुई कार्यकाल चलाउन दिनुपर्ने धारणा राखेका छन् ।
नेतृत्व गर्न नसकेपछि हट्नुपर्ने आफ्नो विश्वास रहेको तुलाधारको धारणामा छ । त्यही भएर मिलेर जाउ भनेर पंकज नेतृत्वलाई बलियो बनाउन आपूm सहभागी भएको उनले बताए । कन्ट्रोल फन्डिङ हटाउन सहयोग गर्छु र यो नहटाई केही गर्न सक्दैनौँ भनेर नै आपूm वर्तमान नेतृत्वलाई साथ दिन आएको उनको भनाइ छ ।
एन्फका पूर्वमहासचिव तुलाधारले नेपाली फुटबल र एन्फालाई केही सहयोग गर्न चाहेको बताएका छन् । नेपाली फुटबललाई सबै मिलेर उचाईमा लैजानुपर्छ र त्यसका लागि संस्थापन पक्षलाई सहयोग गर्नुको विकल्प नरहेको पनि उनले धारणा राखेका छन् ।
एन्फाका वर्तमान महासचिव किरण राईले पूर्वमहासचिव तुलाधारले एन्फाभित्र के जिम्मेवारी पाउनेबारे तय भइ नसकेको उल्लेख गर्दै त्यो जिम्मेवारी कार्यसमितिलाई रहेको प्रष्ट पारेका छन् । साथै उनले नेपाली फुटबललाई सघाउ गर्न संस्थापन पक्षलाई सहयोग गर्न लागेको बताए । यद्यपि, तुलाधारले भने कुनै न कुनै भुमिका विना काम गर्न सहज नहुने बताएका छन् ।
आफू मात्र नभई एन्फाका वर्तमान कार्यसमिति र बाहिर रहेका धेरै जना फुटबलमा काम गर्ने व्यक्ति नेपाली फुटबलको विकास गर्न सबै एक हुनुपर्ने धारणा राखे । तर आफ्नो समूहले नेपाली फुटबललाई थप कठिन बनाउने देखेपछि त्यो समूह छाडेको उनले बताएका छन् । उनले वर्तमान अध्यक्ष नेम्वाङ साधारण सभामार्पmत वैधानिक अध्यक्ष भएपछि पनि अदालत जाने काम भएकाले आफूलाई स्विकार्य नभएको स्पष्ट पारे ।
तुलाधारले शहिद स्मारक बी डिभिजन र सी डिभिजन लिग, यु–१९ प्रतियोगिता नभएपछि वैधानिक गर्नुपर्छ भनेर कुरा उठाउँदै आएको बताएका छन् । एन्फा पूर्वमहासचिव तथा संकटा क्लवका अध्यक्ष इन्द्रमान तुलाधरले अध्यक्ष पंकजविक्रम नेम्वाङ नेतृत्वलाई सहयोग गर्ने वाचा गरेका छन् ।