एमालेको संकल्प यात्रा समापनसँगै मनाइयो झण्डा दिवस- चिवाभन्ज्याङको जंगे पिलरमा चन्द्र सूर्य फहरायो – Nepal Press

एमालेको संकल्प यात्रा समापनसँगै मनाइयो झण्डा दिवस- चिवाभन्ज्याङको जंगे पिलरमा चन्द्र सूर्य फहरायो

पाँचथर । बैतडीको झुलालघाटबाट सुरु भएको नेकपा एमालेको संकल्प यात्रा पाँचथरको चिवाभन्ज्याङ पुगेर समापन हुँदै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले चिवाभन्ज्याङको जंगे पिलरमा चन्द्र सूर्य फहराएर संकल्प यात्राको समापन गर्नेछन् ।

त्यसअघि एमाले नेता कार्यकर्ताहरुले चिवाभन्ज्याङको जंगे पिलरमा राष्ट्रिय झण्डा  फहराएका छन् ।

आज छैटौँ राष्ट्रिय झण्डा दिवसका अवसरमा देशभरि विभिन्न कार्यक्रम आयोजना भइरहँदा संकल्प यात्रामा निस्किएको एमालेको टोलीका सदस्यहरू भने नेपालको पूर्वी सिमाना चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराए ।

मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् ।

०७५ पुस १ गतेदेखि नेपालमा राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको हो । २०१९ पुस १ गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो ।

सोही दिनको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि दिवस मनाउँदै आएको छ । दिवसका अवसरमा प्रतिष्ठानले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर