नेकपा एकीकृत समाजवादी सिद्धार्थनगरको अध्यक्षमा कसौधन निर्वाचित
रूपन्देही । नेकपा एकीकृत समाजवादी सिद्धार्थनगर कमिटी रुपन्देहीको अध्यक्षमा शार्दुल मयुर कसौधन निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न कमिटीको अधिवेशनले कसौधनको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । उपाध्यक्षमा विनोद क्षेत्री, सचिवमा श्रीकान्त उपाध्याय, उपसचिवमा उत्तमकुमार जीसी र अर्का उपसचिव अविरल पन्थी निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा वासुदेव कार्की, इजहार वारिस, विनोदकुमार क्षेत्री, बलबहादुर थापा, दिनेश ठाकुर, सनोज गुप्ता, शिशिर गुरुङ, अजय यादव, सन्तकुमार कुर्मी, सुनिल धवल, मुस्ताक अहमद भाट, विजय पासवान, पुष्पनकुमार जीसी, श्रीनिवास उपाध्याय, उज्ज्वल जोशी, सुरेश बरइ, मेहेबुब आलम, असलम खान, खालिद खान, वसन्त क्षेत्री, सौरभ मास्के, सुदीप रजक र विकाश गुरुङ निर्वाचित भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष कसौधनले आमनागरिकको पक्षमा पार्टी गतिविधिलाई चलायमान बनाउने प्रतिबद्धता जनाए ।
पार्टीका महासचिव घनश्याम भुसालको प्रमुख आतिथ्यमा भएको अधिवेशनका क्रममा विभिन्न पार्टी परित्याग गरी ५३ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।