बंगलादेशले जित्यो यू-१९ एसिया कप – Nepal Press

बंगलादेशले जित्यो यू-१९ एसिया कप

काठमाडौं। बंगलादेशले एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा बंगलादेशले यूएईलाई १९५ रनले पराजित गरेको हो ।

पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८२ रन जोडेको थियो । बंगलादेशका प्रारम्भिक ब्याट्सम्यान आसिकुर रहमान सिब्लीले १२९, चोधुर रिजवानले ६० र अरिफुल इस्लामले ५० रन बनाए ।

बलिङमा यूएईका अयमन अहमेदले सर्वाधिक ४ विकेट लिए ।

यूएईले २४.५ ओभरमा सबै विकेट गुमाएर ८७ रन जोड्यो । यूएईका ध्रुव परासरले सर्वाधिक अविजित २५ र अक्षत राईले ११ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यूएईलाई सस्तोमा समेट्न बलिङमा बंगलादेशका मारुफ मृधा र रोहनत बोरसनले ३–३ विकेट लिए । इकबाल हुसेन र शिख जिबोनले २–२ विकेट लिन सफल भए ।

प्रतियोगितामा नेपालसहित ८ टोली सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर