टेस्ट क्रिकेटमा लियोनको ५०० विकेट पूरा, चौथो दिनमै पराजित भयो पाकिस्तान – Nepal Press

टेस्ट क्रिकेटमा लियोनको ५०० विकेट पूरा, चौथो दिनमै पराजित भयो पाकिस्तान

काठमाडौं । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टेस्ट क्रिकेट श्रृंखलाअन्तर्गत पहिलो खेलमा ३ सय ६० रनको फराकिलो जित हात पारेको छ । ४५० रनको लक्ष्य पाएको पाकिस्तान चौथो दिन दोस्रो पालीमा ८९ रनमा अलआउट भयो ।

पाकिस्तानलाई सस्तोमा समेट्न घरेलु टोलीका मिचेल स्टार्क र जोस हेजलउडले ३-३ र नाथन लियोनले २ विकेट लिए । लियोन टेस्ट क्रिकेटमा ५०० विकेट पूरा गर्न सफल भएका छन् । उनी यस्तो सफलता हात पार्ने तेस्रो अस्ट्रेलियन बलर हुन् ।

यसअघि सेन वार्न र ग्लेन म्याग्राले मात्र ५०० विकेटको कोसेढुंगा पार गरेका थिए ।

पहिलो पालीमा ४८७ रन जोडेको अस्ट्रेलियाले दोस्रो पाली आइतबार ५ विकेट गुमाएर २३३ रन जोडेपछि समाप्तिको घोषणा गरेको थियो । पाकिस्तानले पहिलो पालीमा २७१ रन बनाएको थियो । लियोनले पहिलो पालीमा ३ विकेट हात पारेका थिए ।

पहिलो पालीमा ९० र दोस्रो पालीमा ६३ रन जोडेका मिचेल मार्स प्लेयर अफ म्याच घोषित भए । पहिलो पालीमा डेभिड वार्नरले शतकीय पाली खेल्दै १६४ रन जोडेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर