सञ्चार मन्त्री शर्मा भन्छिन्- आवश्यकअनुसार मन्त्रीहरू फेरिन सक्छन्, तर अहिले छलफल भएको छैन – Nepal Press

सञ्चार मन्त्री शर्मा भन्छिन्- आवश्यकअनुसार मन्त्रीहरू फेरिन सक्छन्, तर अहिले छलफल भएको छैन

काठमाडौं । सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले अहिले मन्त्रिपरिषद् हेरफेरबारे कुनै छलफल नभएको प्रस्ट पारेकी छन् ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले आवश्यकताअनुसार मन्त्रीहरु फेरिन सक्ने बताइन् ।

उनले भनिन्, ‘मन्त्रीहरुको जिम्मेवारी हेरफेरको कुरा छ, यो विषयमा कुनै छलफल भएको छैन । आवश्यकताअनुसार परिवर्तन हुन सक्दैन भन्न त सकिँदैन । तर, अहिलेको सन्दर्भमा त्यस्तो छलफल भएको छैन । यो विषयमा मन्त्रीहरुले छलफल गर्ने कुरा छैन । गठबन्धन र दलहरुमा पनि यसबारे छलफल भएको छैन ।’

उनले मन्त्रिपरिषद्को सेट नै परिवर्तन गर्ने सरकारको तयारी भएको चर्चामा सत्यता नभएको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर