कांग्रेसले २०८४ को चर्चा पनि गर्न पाउँदैन : गगन थापा – Nepal Press

कांग्रेसले २०८४ को चर्चा पनि गर्न पाउँदैन : गगन थापा

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले २०८४ को चर्चा पनि गर्न नपाउने बताएका छन् । आइतबार पर्वतमा कांग्रेस क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले कांग्रेसले ८४ नभई आज र अहिलेको जिम्मा लिनुपर्ने बताएका हुन् ।

‘नेपालमा अरु सबैले भन्न पाउँछन् । तर, कांग्रेसले २०८४ को चर्चा पनि गर्न पाउँदैन । हामीसँग त्यो अधिकार छैन । कांग्रेसले ८० को जिम्मा लिनुपर्छ, कांग्रेसले ८१ को जिम्मा लिनुपर्छ, अहिले र आजको जिम्मा लिनुपर्छ । आज नागरिकमा छटपटी छ भने अरु छटपटी छ भनेर निबन्ध लेखे पुग्छ, हामीले छटपटी मेटाउनुपर्छ’, उनले भने ।

२०४८ साल देखिका उच्च पदस्थ ब्यक्तिहरुको सम्पत्ति छानवीन गरी गैरश्रोतबाट आम्दानी भएको रकमले स्वास्थ्य बिमा मार्फत जनतालाई निशुल्क स्वास्थ्य उपचार गर्नुपर्नेमा महामन्त्री थापाले जोड दिए ।

प्रत्येक हप्ता केहि न केहि नयाँ आर्थिक काण्डहरु सार्वजनिक भईरहेको भन्दै जनतामा चरम निराशा छाएको महामन्त्री थापाले सुनाए । नागरिक उपचार गर्न नपाएर मर्न बाध्य भइरहेको बेलामा अर्बौ रुपैंया भ्रष्टचार हुने गरेका काण्डहरु सार्वजनिक भएका कारण पनि जनतामा चरम निराशा छाएको उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर