सर्वोच्चका प्रस्तावित दुईजना न्यायाधीशको भयो संसदीय सुनुवाइ – Nepal Press

सर्वोच्चका प्रस्तावित दुईजना न्यायाधीशको भयो संसदीय सुनुवाइ

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतका दुईजना न्यायाधीशको संसदीय सुनुवाइ गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको बैठकले प्रस्तावित सर्वोच्चका प्रस्तावित न्यायाधीश उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको सुनुवाइ गरेको हो । सो क्रममा पौडेल र ढुङ्गानाले भावि कार्ययोजना प्रस्तुत गरेका थिए ।

संविधानको संरक्षण र संवैधानिक नैतिकताको सुदृढीकरण, अदालतको क्षेत्राधिकार पुनरावलोकन, पाँचौँ रणनीति योजनाको तर्जुमा र कार्यान्वयनको प्रभावकारितामा उनीहरुले प्रतिवद्धता जनाएका थिए ।

त्यस्तै, फरक मुद्दा पद्धतिको प्रभावकारी कार्यान्वयन, अदालतबाट भएका फैसलाको कार्यान्वयनको सुनिश्चिता, पीडित क्षतिपूर्ति प्रणालीको प्रभावकारी कार्यान्वयन पहल गर्ने विषयमा पनि उनीहरुको जोड थियो ।

यसअघि सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय सुनुवाइ भइसकेको छ भने सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको आगामी बैठकमा सुनुवाइ हुने समितिले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *