नेकपा एसको सचिवालय बैठक बस्दै
नेपाल प्रेस
२०८० पुष २ गते ७:०६
काठमाडौं । नेकपा एसको सचिवालय बैठक आज बस्दै । यसअघि मंसिर २८ र २९ का लागि तय भएको बैठक स्थगित भएको थियो ।
आज र भोलि बस्ने बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्य प्रगतिको समीक्षा गरिने नेताहरूले बताएका छन् ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ ।
प्रतिक्रिया