मनहरीमा जङ्गली हात्तीको आतंक – Nepal Press

मनहरीमा जङ्गली हात्तीको आतंक

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीस्थित जङ्गली हात्तीले आतंक मच्चाएको छ ।

हात्तीको आक्रमणबाट स्थानीय बासिन्दाको घर र गोठमा क्षति पुगेको छ ।

आइतबार राति ८ः ३० बजेतिर जङ्गली हात्ती आई टल्के चेपाङको जस्ता र ढुङ्गा माटोले बनेको एक तले घर पूर्ण रूपमा क्षति पुर्‍याएको छ भने राम बहादुर तामाङको गोठ आंशिकरूपमा क्षति पुगेको छ ।

घटनाबारे जानकारी पाउनासाथ प्रहरी, पर्सा राष्ट्रिय निकुञ्जको टोली र नेपाली सेनाको टोली तत्काल खटिएका थिए ।

स्थानीयको सहयोगमा हात्तीलाई जङ्गलतर्फ लखेटिएको र कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *