इमरान खान जेलमा, एआईबाट उनको भाषण जनतामा – Nepal Press

इमरान खान जेलमा, एआईबाट उनको भाषण जनतामा

काठमाडौं । पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खान एआईबाट भाषण गर्ने पाकिस्तानका प्रथम नेता भएका छन् ।

हाल जेलमा रहेका खानले आफ्नो पार्टीको कार्यक्रममा सम्बोधन गर्न चार मिनेट लामो भाषण गर्न पुग्ने लेख लेखेर दिए ।

उनको लेखलाई उनको आवाजमा एआईले भाषण गरेर सार्वजनिक गर्‍यो । त्यो भाषण उनको राजनीतिक सभामा प्रयोग भयो ।

आइतबार राती उनको एआई भाषण सार्वजनिक भएको अलजजिराले उल्लेख गरेको छ । अलजजिराका अनुसार खानको सम्बोधन पचास लाख जनतामाझ पुगेको थियो ।

अमेरिकी समाचार संस्था एपीका अनुसार खानको भाषण एआईबाटै भएको उनको दल पीटीआईले उल्लेख गरेको छ ।

एपीले खानको दल प्राविधिक रुपमा धेरै बेजोड भएको र उनी सबैभन्दा लोकप्रिय विपक्षी दलको नेता भएको समेत बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर