चुनावी भाषणमा एआई प्रयोग गर्दै मोदी : उनी बोले हिन्दीमा, उनकै आवाजमा एआई बोल्यो तामिलमा – Nepal Press

चुनावी भाषणमा एआई प्रयोग गर्दै मोदी : उनी बोले हिन्दीमा, उनकै आवाजमा एआई बोल्यो तामिलमा

काठमाडौं । आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हिन्दूहरूको पवित्र धाम बनारस क्षेत्रमा थिए ।

उनको चुनावी क्षेत्रमा उनले राजनीतिक भाषण गरे । उनको भाषण हिन्दीमा थियो । तर, उनले भाषण गरेकै समयमा उनकै आवाजमा एआईले उनको भाषण तामिलमा रूपान्तरण गरिरहेको थियो ।

मोदीले चुनावी अभियानमा उत्तरी भारतको सम्बोधनको कुरा दक्षिणी भारतको तामिल भाषामा एकै समयमा पुर्‍याउन सफलता पाए ।

भारतीय प्राविधिकहरूले विकास गरेको मौलिक एआई एप ‘भाषिनी’ प्रयोग गरेर मोदीले बोलेको कुरा तामिलमा उनकै आवाजमा रूपान्तरण भएको थियो ।

वाराणसीको भाषण गर्दा तामिलका नागरिकहरूलाई सम्बोधन गर्दै मोदीले भनेका थिए, ‘तामिलनाडुमा हुनेहरूलाई म इयरफोन प्रयोग गरेर पहिलो पटक एआई प्रयोग गर्न आग्रह गर्दछु ।’

भारतीय प्रधानमन्त्रीले एआई प्रयोग गरेर गरेको चुनावी भाषणको चर्चा विश्वभर भएको छ ।

रुसको विश्व च्यानल आरटीले यसलाई प्राथामिकताका साथ प्रकाशन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर