नेकपा एसमा उमेर हदको नयाँ प्रस्ताव : माधव नेपाल र झलनाथलाई मैदान खुला – Nepal Press

नेकपा एसमा उमेर हदको नयाँ प्रस्ताव : माधव नेपाल र झलनाथलाई मैदान खुला

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा उमेद हदको नयाँ प्रस्ताव पेश भएको छ।

जारी सचिवालयको बैठकमा सोमबार पेश भएको विधान संशोधनसम्बन्धी प्रस्ताव शीर्ष नेताहरूलाई आगामी महाधिवेशनमा नेतृत्वमा दोहोरिन मिल्ने गरी उमेर हदको प्रस्ताव पेश भएको हो।

नेकपा एसका एक पदाधिकारीले दिएको जानकारी अनुसार केन्द्रीय कमिटीमा २५ देखि ४० वर्षसम्मका ३० प्रतिशत ४० देखि ६० वर्षसम्मका ६० प्रतिशत र ७० वर्षभन्दा माथिको १० प्रतिशत प्रतिनिधित्व रहने हुने गरी प्रस्ताव पेश भएको छ।

ती नेताले भने, यो प्रस्तावमा अहिले छलफल भइरहेको छ। यसरी जाँदा कमिटीमा सबै पुस्ताका नेताहरूको नेतृत्वमा प्रतिनिधित्व हुन्छ। त्यसैले हामीले ७० वर्षे उमेर हद राख्नेभन्दा पनि सबैलाई समेट्ने गरी वैज्ञानिक ढंगबाट प्रस्ताव ल्याएको हौँ।

यस्तै, बैठकमा उपाध्यक्ष राजेन्द्र पार्टीले पार्टी अध्यक्षसहित शीर्ष नेताहरूले पनि तल्लो कमिटीबाटै निर्वाचित भएर आउनुपर्ने प्रस्ताव राखेका छन्।

उनले भने, मैले यो प्रस्तावमा अधिकांश नेताहरूको समर्थन छ। तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने भएपछि नेताहरू आफ्नो क्षेत्रमा फर्किन्छन् पार्टी संगठनले गति पाउँछ भनेर यो प्रस्ताव अघि ल्याएको हो। तर, यो प्रस्तावले पार्टीभित्र मतभेद भइरहेको छ। त्यसबारे आज पनि छलफल जारी रहने बताइएको छ ।

उनले माघ १४ र १५ गते केन्द्रीय परिषद्को बैठकले अहिले छलफलमा रहेको विधानको मस्यौदालाई टुंगो लगाउने बताए। नेकपा एसले आगामी जेठ ३ गतेदेखि महाधिवेशन गर्दैछ।

महाधिवेशनमा अध्यक्षमा माधव नेपाल नै दोहोरिने तयारी गरेका छन्। त्यही अनुसार उनीसहित सम्मानित नेता झलनाथ खनाललाई पनि पार्टीको जिम्मेवार पदमा बस्न नरोक्ने गरी नयाँ ढंगले उमेर हदको प्रस्ताव ल्याइएको बताइन्छ।

त्यसो त आगामी महाधिवेशनमा सम्मानित नेता खनालले पनि नेतृत्वको दाबी गर्ने तयारी गर्दैछन् उनी ७० नाघिसके। नेकपा एसले मात्रै नभई नेकपा एमालेले पनि यसअघि नै ७० वर्षे उमेर हद व्यवहारिक नभएको भन्दै निलम्बन गरिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर