एनसेल खरिदबिक्री प्रकरणमा गलत भयो भनेरै छानबिन समिति बनाइएको हो : प्रधानमन्त्री प्रचण्ड – Nepal Press

एनसेल खरिदबिक्री प्रकरणमा गलत भयो भनेरै छानबिन समिति बनाइएको हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । एनसेल खरिदबिक्री प्रक्रियामा गलत भएकै भनेर सरकारले छानबिन समिति गठन गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि सुझावका आधारमा सरकारले दूरसञ्चार प्रदायक कम्पनीको नियमन तथा सुधारका लागि आवश्यक कदम चाल्ने उनले बताए ।

उनले भने- यो खरिदबिक्री स्वभाविक छैन भनेर नै निर्देशन दिएको हो । कहीँ त कहीँ गलत छ भनेर नै छानबिन समिति बनाइएको हो । सरकार यसमा प्रतिबद्ध छ ।


प्रतिक्रिया

One thought on “एनसेल खरिदबिक्री प्रकरणमा गलत भयो भनेरै छानबिन समिति बनाइएको हो : प्रधानमन्त्री प्रचण्ड

  1. एनसेल खरिदबिक्रिमा के गलत भयो प्रचण्डज्यु ? पढ्नुभएको पनि छ कि यसै सडकमा सुनेको हल्ला टिपेर संसद पुग्नुभएको हो ? कानुन बनाउने ठाउँमा बसेर विरोधाभाष कानुन सल्टाउन छाडि रिबन काट्दैमा ब्यस्त भएपछि यसैगरि भदौमा आँखा फुटेको जस्तो देखिन्छ । दुरसञ्चार प्राधिकरण ऐन, आयकर ऐन र वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा आपसि बाझिएका व्यवस्था सुल्झाउनुस् । एनसेलको माउ कम्पनी रेनोल्ड होल्डिङ्स बेचिएको हो, एनसेल बेचिएको होइन । कम्पनि रजिस्ट्रार कार्यालयबाट लगत झिकाएर हेर्दा प्रस्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर