१२ सय माइलको लङमार्च- मध्यपहाडमा ओलीले छाडेका पदचाप – Nepal Press

१२ सय माइलको लङमार्च- मध्यपहाडमा ओलीले छाडेका पदचाप

नेपाली कांग्रेसले पुस १६-१९ का लागि गोदावरीमा हल बुक गरिसकेको महासमिति बैठक चिसोको कारण देखाउँदै फागुनलाई सारिसकेको छ । सभापति शेरबहादुर देउवाले पुसको ठिहिमा महासमिति सदस्यलाई काठमाडौंमा आउन गार्‍हो हुने भन्दै फागुनमा बैठक गर्न प्रस्ताव गरेपछि बैठक धकेलिएको हो ।

तर, यहाँ भने एमालेको मध्यपहाडी संकल्प यात्रा र अध्यक्ष केपी शर्मा ओलीको सक्रियताको चर्चा गरिएको छ । कठ्याङ्ग्रिदो चिसोमा उनको जाँगर साँच्चिकै लोभलाग्दो छ ।

उमेरले ७२ टेकेका त्यसमाथि दुई-दुईपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीको जीवन औषधिको टेकोले धानेको छ । बैतडीबाट पाँचथरसम्मको झण्डै २ हजार किलोमिटर दूरी आइतबारबाट पूरा भयो । झुलाघाटबाट सुरू यात्रा १८ दिनमा चिवाभञ्ज्याङसम्म आइपुग्दा ओलीमा न त कुनै थकावट देखियो न त उत्साहमै कमी ।

हट्टाकट्टालाई पनि एकदिनमै गाडीले गलाउँछ । तर, यत्रो लामो यात्रामा अगुवा बनेर ओलीले सहयात्रीलाई सँगसँगै दौडाइरहे । घुमाउरा र खाल्डाखुल्डी सडक छिचोल्दै बिहान झिसमिसेदेखि बीचबीचमा दैनिक भेटघाट, विकासे योजना अवलोकन, सभालाई सम्बोधन, राति अबेरसम्म कार्यकर्ता र सरोकारवालासँगको अन्तरक्रिया यस्तैमा बिताएका अध्यक्षको ऊर्जाले आफूहरूलाई अझ हौसला मिलेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतम सुनाउँछन् ।

यात्राको क्रममा एक दिनमै करिब २०० किलोमिटर दूरी छिचोलेका ओली पार्टीका अन्य ठिटासँगै खटिए । अंग ट्रान्सप्लान्ट गरेको व्यक्तिले दैनिक आहारविहार, आरामदेखि लिएर औषधिको सेवन अनटाइम (आलराम नै लगाएर) हरेक कुरामा ध्यान दिनुपर्छ । मिर्गौला, कलेजो प्रत्यारोपणपछि शरीरले अर्काको अंगलाई अस्वीकार (रिजेक्ट) गर्नबाट रोक्न शरीरको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउने (immunosuppressants) औषधि चलाइन्छ ।

७० नाघिसकेको बूढ्यौली उमेरमा यो जोखिम शरीरलाई ओलीले उत्साह, आत्मविश्वास र दृढ इच्छाशक्तिले जितेका छन् । उनको खानपान र औषधिको टाइमटेबलमा पत्नी राधिकाको केयरको सम्मान गर्नैपर्छ ।

जनतासँग जनताकै घरमा बसेर उनीहरूको कुरा सुन्ने यो यात्राले नागरिकमा दल र नेताप्रतिको वितृष्णा हटाउन सहयोग पुगेको छ । औपचारिकभन्दा अनौपचारिकरूपमा भावना बुझ्न सजिलो हुने हुँदा नेताहरूले जनतासँग ठाउँठाउँमा भेटेर गरेको संवाद शैली उत्कृष्ट र अर्थपूर्ण छ । विकास र जनताको सवालमा सरकारको मात्र मुख ताक्ने हाम्रो परिपाटी छ । तर, स्थानीय समस्या बुझेर नीति निर्माण तहमा झकझक्याउन प्रमुख प्रतिपक्षी दलले आफ्नो दायित्व बुझेर गरेको यो देश दौडाहा इतिहासमा लेखिने नै छ ।

जनतासँग संवाद गर्ने ओली शैली नेपालका समकालीन कुनै पनि नेताको भन्दा प्रभावकारी र सरल छन् । कमजोरीविनाको मान्छे कोही हुँदैन । ओलीका हजार कमजोरी होलान्, तर आज पनि शीर्ष नेतामध्ये सर्वाधिक लोकप्रिय सम्भवतः उनै छन् । त्यसको कारण जनतासँग जीवन्त संवाद गर्ने उनको आफ्नै शैली नै हो । यो यात्राका क्रममा ओलीले लाखौं जनतासँग प्रत्यक्ष संवाद गरेका छन् भने जनताले पनि शीर्ष नेतालाई आफ्नै गाउँ ठाउँमा भेट्न पाएका छन् ।

ओलीको सपना र समृद्धिको यात्रा

५ वर्षअघि ओलीले देखेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को जगमा यो अभियान केन्द्रित देखियो । पहाडको विकासको समस्या पहिचान गरी समृद्धिलाई अघि बढाउने मूख्य लक्ष्यका साथ एमालेले अघि बढाएको यो यात्रामा विभिन्न क्षेत्रका विज्ञ सहभागी थिए । ठाउँठाउँका समस्यासँग नेतृत्वले साक्षात्कार गरेको छ । विभिन्न जिल्लामा कांग्रेस, माओवादीका नेताले उनको स्वागतसँगै लिखित माग सर्वदलीय एजेण्डा नै बनाएर राखेका छन् ।

लोकमार्गका विभिन्न ठाउँमा सम्बन्धित जिल्ला र स्थानीय पार्टी कमिटी, नेता-कार्यकर्ता, सर्वसाधारणसँग छलफल छलफल गर्दै सुझाव लिँदै अघि बढ्दा पक्कै ओलीले देखेको सपनाको मार्गचित्र कोर्न यो यात्राले सहयोग पुर्‍याएको छ । जनतालाई आफ्ना एजेण्डा उनीहरूकै घरदैलोमा बुझाउन मध्यपहाडी यात्रा कोसेढुंगा सावित भएको छ । बढ्दो बसाइसराइ दर नियन्त्रण, मध्यपहाडका फलफूल-जडिबुटी, पशुपालनको सम्भावनासँगै यहाँको आर्थिक र सामाजिक स्तर सुधार्ने खाका निर्माणका लागि यो यात्राले राष्ट्रिय बहस खुला गरेको छ ।

७० नाघिसकेको बूढ्यौली उमेरमा यो जोखिम शरीरलाई ओलीले उत्साह, आत्मविश्वास र दृढ इच्छाशक्तिले जितेका छन् । उनको खानपान र औषधिको टाइमटेबलमा पत्नी राधिकाको केयरको सम्मान गर्नैपर्छ ।

संकल्प यात्राले मध्यपहाडको विकास र सम्भावना देखाएको एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल बताउँछन् । मुलुकको समृद्धि सम्भव छ भन्ने सन्देश यो अभियानले दिएको बताउँदै उनले भविष्यप्रतिको आशा जगाउने कुरामा यात्रा सफल भएको दाबीसमेत गरे ।

‘नेपालको राजनीतिप्रति चासो राख्ने हरेक नागरिकले यो यात्रालाई सफल र सार्थक यात्राका रूपमा चित्रण गरेका छन्, जनतामा फैलँदै गएको निराशा तोड्ने कुरामा यात्रा अभूतपूर्व रूपमा सफल रह्यो, असाधारण उत्साह थपिएको छु’, उनले सुनाए ।

महासचिव शंकर पोखरेल मध्यपहाडको मौलिक पहिचानलाई यो अभियानले उजागर गरेको बताउँछन् ।

सिंगो पार्टी पंक्ति र लाखौं जनता एकैसाथ परिचालन

दल र नेतामाथि लाग्ने सधैँको आरोप- चुनाव सकिएपछि र जितेपछि ५ वर्षसम्म नागरिक र तिनका समस्या वास्ता गर्दैनन्, नमस्तेसम्म फर्काउँदैनन् भन्ने छ । ७९ को चुनावको रापताप नसेलाउँदै एमालेको यो लङ मार्चले यसलाई चिरेको छ । निर्वाचनमा समेत देशभर पुग्न नसकेका नेताहरू देश दौडाहा निस्किए । पदाधिकारी, जनवर्गीय संगठनदेखि वडा कमिटी एकसाथ चलायमान भयो । शुभेच्छुकहरूसँगै स्थानीयलाई एउटै धागोमा उन्ने काम भयो ।

‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ मूल नारा लिएर हिँडेको सिंगो पार्टीले मध्य पहाडलाई निहीन ढंगले बुझेको छ । सम्भावना भएर पनि पछि परेका यहाँका बस्ती, विकासलाई राष्ट्रिय मुद्दा बनाउन एमालेलाई यो अभियानले जबर्जस्त दबाब मिलेको छ । पार्टी र नेताले पनि परम्परागत भन्दा माथि उठेर गर्नुपर्ने काम र जनताका अपेक्षाबारे जानकारी पाएका छन् ।

अभियान सकिँदा करिब २५ लाख जनतासँग प्रत्यक्ष परोक्ष संवाद भएको उपमहासचिव प्रदीप ज्ञवाली बताउँछन् ।

‘यसले पार्टीप्रतिको आकर्षणलाई जीवित राख्न मद्दत त पुग्यो नै जनसहभागिताले एमालेप्रतिको आकर्षणलाई देखाएको छ । हाम्रो कार्यशैली सुधारका लागि पनि सुझाव आएका छन् । चुनाव नआउँदा पनि घरघर आउनु हुँदोरहेछ । जिल्लाका नेता सांसद पालिकाका नेता यसरी नै भेटघाटमा आइरहने हो भने हामीले असन्तुष्टि राख्नुपर्ने कुरै हुँदैन भन्नुभएको छु’, ज्ञवाली भन्छन् ।

बिहानै होस् या राति, घाम होस् या पानी, अझ मध्य चिसोमा ठाउँठाउँका आमसभा र कोणसभा तथा भेटघाटमा ठूलो भिड देखिएको छ । वृद्धवृद्धादेखि बालबालिका हिँडेर आफ्ना कुरा राख्न, कार्यक्रममा सहभागिताका लागि आएका छन् । यस हिसाबले एकसाथ लाखौं परिचालित यो संकल्प यात्रा पछिल्ला समयमा सबैभन्दा ठूलो राजनीतिक अभियान हो ।

ब्रान्डिङमा सहयोग

दलको अभियान भएकाले पक्कै पनि एमालेको यो यात्राको राजनीतिक उद्देश्य त छ नै । ‘हाम्रो देश हामी आफैंले नै बनाउनुपर्छ । एमालेले देश बनाउँछ । यसका लागि सँगसँगै हिडौं । यो यात्रा मिसन ८४ को अभियानअन्तर्गतकै हो ’, ओलीले एउटा सम्बोधनमा भनेका थिए ।

झुलाघाट-चिवाभञ्ज्याङ संकल्प यात्राले यो रुटमा पर्ने महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल, स्थानीय उत्पादन, कला संस्कृतिको उत्तिकै ब्रान्डिङ भएको छ । देश बनाउने अगुवा मानिएका नेताहरू पुगेको ठाउँ, उनीहरूले खाएको खाना र गरेको चर्चा कार्यकर्ता र जनताले समेत अनुशरण गर्छन् । कुनै दिन ओली-प्रचण्ड सँगै बसेर खाएको मार्सी भातको चर्चापछि जुम्लाको मार्सी चामलको माग नै बढायो ।

कर्णालीको दैलेख गुराँसेमा राउटे समुदायिका मुखियाले दिएको कोसीदेखि, सिन्धुलीको जुनार, खोटाङ-भोजपुरको सुन्तला, भोजपुरे खुकुरी, टक्सारको करुवा, तेह्रथुमे ढाकाको बयानसहित ओलीले सामाजिक सञ्जालमा गरेको प्रचारले यी स्थानीय उत्पादनको मार्केटिङ भयो । उनले दोलालघाटको माछा आफैँले तारेर नेताहरूलाई चखाए, भिन्न भिन्न ठाउँ र त्यहाँको पर्यटकीय सम्भावना, स्थानीय कला संस्कृतिलाई ओलीले उदिनेका छन् ।

एमालेविरुद्ध सिर्जित भाष्य र दिइएको जवाफ

केही दिनअघिमात्र महासचिव शंकर पोखरेलले नेपाल प्रेससँगको अन्तर्वार्तामा एमालेको विरोध नगरी खाएको नपच्ने संस्कृति निर्माण भएको टिप्पणी गरेका थिए । संविधानमाथि प्रहार गरेको साथै पहिचानविरोधी सबैभन्दा ठूलो आरोप एमाले र केपी ओलीमाथि छ । अवस्था नबदलिएको भन्दै यसको दोष ठूला दल र व्यवस्थामाथि नै थोपरिएको छ । पछिल्लो समय गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताविरुद्ध सडकदेखि सदनसम्म आवाज उठ्न थालेको छ । तर, जनतालाई व्यवस्थाप्रतिको भरोसा दिलाउन र आफ्नो एजेण्डा बुझाउन एमालेको सिंगो पंक्ति अग्रमोर्चामा भौतिक रूपमै उपस्थित भयो ।

कोशीमा एमालेको अभियानलाई लक्षित गरी पहिचानवादीले बन्द हड्तालसम्मका कार्यक्रम घोषणा गरे । तर, जनजातिको बाहुल्यता रहेकै क्षेत्रको उपस्थितिले पहिचानविरोधी आरोपलाई खण्डन गरेको छ । घुर्मीदेखि भोजपुर, खोटाङ, तेह्रथुमको वसन्तपुर, पाँचथरको फिदिमको सभामा विभिन्न परम्परागतरूपमा सजिएका समुदायको स्वागत शैली अनि किराँती, शेर्पा, लिम्बूको भेषभूषा र उनीहरूको संस्कृतिलाई एमाले नेताहरूले देखाएको माया ममता, जहाँ पुग्यो त्यहीँको माटोमा भिज्ने ओलीको क्षमता लोभलाग्दो देखियो ।

यसअघि मधेसविरोधी भनिएको पार्टी ओलीकै नेतृत्वमा चलाइएको विशेष अभियानकै कारण गत निर्वाचनमा प्रदेशमा पहिलो पार्टी बन्न सफल भयो ।

पार्टीका जिल्लादेखि केन्द्रसम्मका जनजाति नेताहरूले नै नेतृत्वलाई खुलेर ढाडस दिएका छन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेलाई पहिचान विरोधी भनेर लगाएको आरोप नागरिक समर्थनले चिरिदिएको बताएका छन् । यात्रामा सहभागीहरूको समर्थन र साथले पहिचानविरोधीको आरोप खण्डन गरेको भन्दै उनले यो अभियान पूर्णरूपमा सफल भएको बताए ।

जिल्ला कमिटी भोजपुरका अध्यक्ष शरणकुमार राईले सदरमुकाममा आयोजित सभामा एमालेविरुद्धको गतिविधि सैह्य नहुने भन्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए ।

‘कथित पहिचानका नाममा राजनीति गर्दै कसैले एमालेविरुद्ध गडबडी गर्छ भने त्यसको प्रतिकार गर्छौँ, हामी चुप लागेर बस्दैनौँ ’, राईले भनेका थिए ।

कर्णालीको दैलेख गुराँसेमा राउटे समुदायिका मुखियाले दिएको कोसीदेखि, सिन्धुलीको जुनार, खोटाङ-भोजपुरको सुन्तला, भोजपुरे खुकुरी, टक्सारको करुवा, तेह्रथुमे ढाकाको बयानसहित ओलीले सामाजिक सञ्जालमा गरेको प्रचारले यी स्थानीय उत्पादनको मार्केटिङ भयो । उनले दोलालघाटको माछा आफैँले तारेर नेताहरूलाई चखाए

उपमहासचिव ज्ञवालीले सामाजिक सद्भाव बढाउँदै एकता कायम गर्ने र निराशाको खेती मौलाउने प्रवृत्तिलाई दूर गर्न अभियानले मद्दत गरेको बताएका छन् ।

‘अहिले निराशाको खेती छरिएको छ, परिवर्तनको विपक्षमा उभ्याउने कोसिस भइरहेको छ । पुष्पलालले स्थापना गर्नुभएको कम्युनिष्ट पार्टी ७५औं वर्षमा पुगिरहँदा यो बीचमा के काम गर्‍यौं ? यो देशलाई हामीले नै कसरी राम्रो बनाउन सकिन्छ ? भन्ने जवाफ दिँदै परिवर्तनका लागि लडेकाहरू हामी यहीँ जनताको साथमा छौं भन्ने सन्देश हामीले बाँडेका छौं’, उनको भनाइ छ ।

सर्वमान्य ओली, आन्तरिक एकता प्रदर्शन

समकालीन नेताको तुलनामा ओलीको खटाइ साँच्चिकै लोभलाग्दो र उत्प्रेरणा जगाउने छ । जनतासँगको भावना जोड्न ओलीले गर्ने ‘ट्रीट’ शैलीले यात्राको महत्व अझ बढायो । जहाँ जोसँग पनि घुलमिल हुने क्षमता र सामाजिक सञ्जालबाट नागरिकसँगको इन्गेजमेन्टमा उनी अरु नेताभन्दा अग्रपंक्तिमा छन् ।

कसिलो आत्मबलले उनलाई प्रतिकूल स्वास्थ्यका बाबजुद दैनिक १८ घण्टाबढी खटाइरहेको छ । यो संकल्प यात्रामा ओलीलाई नै केन्द्रबिन्दुमा राखेर पूरै पार्टी परिचालित भयो । सबैतिरका भेटघाट, सभामा उनी एकल वक्ता भए । सभा र भेटघाटमा बारीको डीलदेखि, बरण्डा र छतसम्म देखिएको ओली क्रेजले नेताहरूले भने झैं एमालेको अझै निर्विकल्प नेतृत्वको रूपमा अनुमोदित भएका छन् ।

ओली आफैंले २० सक्रिय रहने तर नेतृत्व भने उपयुक्त समयमा छाड्ने बताइरहेका छन् । एमालेको यो अभियानका क्रममा शीर्ष तहका सबै नेता र मझौला नेता कार्यकर्ताको समेत टोलीबीच बलियो एकतासमेत प्रदर्शन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *