एमाले सांसद श्रेष्ठको प्रधानमन्त्रीलाई प्रश्न- पाँच वर्षपछि एनसेल सरकारको स्वामित्वमा आउँछ ? – Nepal Press

एमाले सांसद श्रेष्ठको प्रधानमन्त्रीलाई प्रश्न- पाँच वर्षपछि एनसेल सरकारको स्वामित्वमा आउँछ ?

काठमाडौं । नेकपा एमालेका सांसद कृष्ण गोपाल श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एनसेल सरकारको स्वामित्वमा कहिले आउँदै भन्दै प्रश्न गरेका छन् ।

सांसद श्रेष्ठले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उठेका प्रश्नको जवाफ दिन पुगेका प्रधानमन्त्री दाहाललाई एनसेल प्रकरणका बारेमा सोधेका हुन । उक्त प्रकरणमा समितिपिच्छे कुराहरु आउने उनले बताए ।

उनले भने,‘जुन ढंगले एनसेल खरिदविक्री प्रकरण भएको छ । संसदमा तीन वटा समिति पनि सक्रिय भएका छन् । चार वटा समितिका चार वटा कुरा भए के गर्ने ? समितिका सभापतिमार्फत सभामुखको ध्यानाकर्षण गराउन चाहान्छु । सबै चासो देखाउने समिति र सम्बन्धित समिति सबै एउटैमा राखेर छलफल गर्नुपर्दैन र ?’

प्रधानमन्त्री प्रचण्ड र उनको परिवारसँग पनि जोडिएको भन्दै एउटा काण्ठ नसकिँदै अर्को काण्ठ आएर ढाकछोप गर्न लागेको बताए ।

श्रेष्ठले भने,‘प्रधानमन्त्री प्रचण्डसँग र उहाको परिवारसँग पनि जोडिएको छ । राज्यका सबै संयन्त्रसँग पनि जोडिएको छ । बिरालोको रंगको विषयमा हामी किन बहस गर्छौ । विरालोले मुसा मार्छ कि मादैन भनेर हो । एउटा काण्ड सकिएको हुँदैन त्यो काण्ड छोप्नका लागि अर्को काण्ड निम्तिएको छ । सन् २०२८ सम्ममा यो त्यो बहानामा एनसेल फुत्किनु भएन । पाँच वर्षपछि एनसेल नेपालको मातहतमा आउछ कि आउदैन यसको जवाफ चाहियो । जुन पार्टी सरकारसँग जोडेर आइरहेको छ । यो कतै भ्रष्ट्राचार प्रणालीमाथि कै आक्रमण त होइन । यो समितिमार्फत छानविन समितिमार्फत अघि बढाउछु भन्नुभएको छ । यो एनसेल पाच वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउनका लागि सरकारले के के गर्नुपर्ने हो गर्नुपर्यो र आउनुपर्यो ‘।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर