भ्रष्टाचारबाट पार्टी बचाऔँ भन्ने वाक्य ब्यानरबाट हटाएर शुरु भयो गण्डकी कांग्रेस सम्मेलन
पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश प्रथम प्रदेश सम्मेलन पोखरा सभागृहमा मङ्गलवारदेखि सुरु भएको छ ।
बुधवारसम्म चल्ने सम्मेलनको नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् ।
कांग्रेसले सम्मेलनको ब्यानरमा ‘ुभ्रष्टाचारबाट पार्टीलाई बचाऔ’ लेखेको वाक्य कार्यक्रम सुरु हुनुभन्दा केहि समय अघि हटाएको हो ।
कार्यक्रम हुने स्टेजमा ‘विरासतको रक्षा गरौँ, नेपाली कांग्रेस बचाऔँ, इमान भएकाहरूलाई जिम्मेवारी राखौँ, भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ, कांग्रेस चरित्र पुनः स्थापित गरौँ’ लेखिएको थियो । त्यसबाट ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ’ वाक्य हटाएको हो ।
प्रदेश महामन्त्री विष्णु लामिछानेले लेखाई अशुद्ध भएकाले ब्यानरबाट हटाइएको प्रतिक्रिया दिए । ‘लेखाई अशुद्ध थियो रे, मैले हेरेको पनि थिएन । त्यही भएर हटाइएको हो । अरू केही होइन’ उनले भने