कुमिन्सलाई पछाडि पार्दै स्टार्क बने आईपीएलका सबैभन्दा महँगा खेलाडी – Nepal Press

कुमिन्सलाई पछाडि पार्दै स्टार्क बने आईपीएलका सबैभन्दा महँगा खेलाडी

काठमाडौं। अष्ट्रेलियाका मिचेल स्टार्क इन्डियन प्रिमियर लिग(आइपीएल) क्रिकेट इतिहासका सबैभन्दा महँगा खेलाडी बनेका छन्।

अहिले भइरहेको अक्सनमा कोलकाता नाइट राइडर्सले २४ कराेड ७५ लाख भारतीय रुपैयाँमा आबद्ध गरेको हो।

एक घण्टाअघि मात्र सनराइजर्स हैदराबादले अस्ट्रेलियाकै प्याट कुमिन्सलाई साढे २० करोड भारुमा खरिद गरेपछि उनी सबैभन्दा महँगा खेलाडी बनेका थिए।

२ करोड भारु आधार मुल्यबाट स्टार्कमाथि अक्सन सुरु भएको थियो। गुजरात टाइटन्सले अन्तिम समयसम्म स्टार्कलाई भित्र्याउन प्रयास गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *