रास्वपाबारे गगनको टिप्पणी- बिग्रेपछि फोहोरको डङ्गुरमा उभिन चाहन्छ
पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबै बिग्रेपछि त्यसको जगमा उभिन चाहेको आरोप लगाएका छन् ।
पोखरामा जारी कांग्रेस गण्डकी प्रदेशको सम्मेलनमा महामन्त्री थापाले आगामी चुनावसम्म सबै बिग्रेपछि त्यसमा उभिन चाहेको बताएका हुन् । उनले भने, ‘नयाँ पार्टी ८० मा अलिकति बिग्रियोस्, ८१ मा अलिकति बिग्रियोस्, ८२ र ८३ मा गर्ल्यामगुर्मुम सबै बिग्रोस् भनेको छ । फोहोरको डङ्गुरमा उभिएर म आउन पाए हुन्थ्यो भन्ने छ ।’
चुनाव आउन ४८ महिना बाँकी रहेकाले डराउनेभन्दा पनि काम गरेर देखाउन आवश्यक रहेको महामन्त्री थापा सुनाए । कुनै पनि सडक बन्न बाँकी रहन नदिने, विमानस्थल सञ्चालन गर्ने, राष्ट्रियता मजबुत बनाउने र रोजगारीका अवसर सिर्जना गर्ने काम गर्ने प्रतिबद्धता जनाएर काम गर्नुपर्ने उनले बताए ।