रुसको पक्ष लिँदा कारबाहीमा परेका विदेशीलाई आवास सुविधा दिन रुसी सांसदहरूको प्रस्ताव
काठमाडौं । रुसको पक्षमा बोल्दा वा काम गर्दा कारबाहीमा परेका विदेशीहरूको लागी रुसमा आवास सुविधा दिन केहि रुसी सांसदहरूले प्रस्ताव गरेका छन् ।
रुसको सरकारी विश्व च्यानल आरटीका अनुसार उक्त प्रस्ताव रुसी सदनमा मङ्गलवार पेस भएको छ । रुसको नागरिकता ऐनलाई संशोधन गर्न उक्त प्रस्ताव पेस भएको हो ।
युरोपका विभिन्न देशहरूमा रुसको पक्षमा बोल्दा सजाय भएकाहरू धेरै भएको भन्दै त्यसलाई सम्बोधन गर्न यस्तो प्रस्ताव ल्याइएको रुसी सांसदहरूले बताएका छन् ।
यो प्रस्तावको पक्षमा रुसको दल ‘अ जस्ट रसिया फर ट्रुथ’ पार्टीले अगुवाइ गरेको आरटीले उल्लेख गरेको छ ।
ल्यात्भियामा ४०, जर्मनीमा १४०, चेक रिपब्लिकमा ३८४ जनलाई रुसको पक्षमा बोल्दा आपराधिक सजाय भएको आरटीले उल्लेख गरेको छ ।