‘डीआई’ले छात्रालाई ह्यारेसमेन्ट गरेको भन्दै ह्वाइट हाउसका विद्यार्थीको प्रदर्शन
काठमाडौं । काठमाडौंको तिनकुनेस्थित हिमालयन ह्वाइटहाउस इन्टनेसनल कलेजकी छात्रामाथि यौन दुर्व्यवहार गरेकाे भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
कक्षा १२ मा पढ्ने छात्रालाई कलेजका अनुशासन प्रमुख (डीआई) कृष्ण प्रसाद नेपालले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । बुधबार छात्रामाथि दुर्व्यवहार गरेपछि विद्यार्थीहरुले प्रधानाध्यापक समक्ष कुरा गरेका थिए ।
तर उल्टै प्रधानाध्यापकले यो कुरा बाहिर ल्यायो भने कलेजबाट निस्काशन गरिदिने, फेल गराइदिने धम्की दिएको विद्यार्थीहरुले बताए । साथै उनीहरुमाथि प्रधानध्यापकले कक्षाकाेठाभित्र थुनेर कुटपिट गरेकाे उनीहरुकाे भनाइ छ ।
उनीहरुका अनुसार विद्यार्थीहरुले प्रहरीमा खबर गर्दा उल्टै प्रहरीले कलेज प्रशासनसँग मिलेर विद्यार्थीहरुमाथि कुटपिट गरेकाे थियाे ।
विद्यार्थीहरुमाथि दुर्व्यवहार गरेको कलेजले एक्सनले नलिएको उनीहरुको गुनासो छ । विद्यार्थीहरुले प्रहरीमा उजुरी गर्न जानु अघि नै कलेज प्रशासनले विद्यार्थीहरुले कलेजमा तोडफोड गरेको भन्दै प्रहरी बोलाएर विद्यार्थीमाथि नै कुटपिट गरेको उनीहरुको गुनासो छ ।
आज अभिभावकहरुसहित विद्यार्थीहरुले डीआईलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।