लेखा समितिका सभापति लक्षित गगनको टिप्पणी- सबैको आफ्नो मान, मर्यादा हुन्छ (भिडिओ) – Nepal Press

लेखा समितिका सभापति लक्षित गगनको टिप्पणी- सबैको आफ्नो मान, मर्यादा हुन्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले समयमा सक्ने भनेर सुरू गरेका विकास निर्माणका काममा अवरोध पुर्‍याउने सबैभदा ठूलो निकाय सरकार नै रहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा बोल्दै उनले सुरुङ निर्माणका लागि विष्फोटक पदार्थको कुरा राजनीतिक तवरबाट नटुंगिकन सेनाको नेतृत्वलाई जिम्मा लगाएर हुने अवस्था नरहेको बताए । खोकनाको फास्ट ट्रयाक टुंग्याउन मन्त्रीपरिषद्ले निर्णय गर्नुपर्ने भन्दै थापाले अहिलेकै काम जस्ताको तस्तै गरेर २०८३ सम्म योजना सम्पन्न नहुने टिप्पणी गरे ।

उानले भने, ‘सबै कामहरु नेपाल सरकारले नै गर्छ । नेपाल सरकारले समयमा गर्छु भनेर शुरु गरेको विकास निर्माण अवरोध पुर्‍याउने सबैभदा ठूलो निकाय भनेको नेपाल सरकार नै हो । प्रधानमन्त्रीको सबै कामहरु रोक्ने मान्छे भनेको तपाईँ नै हो । प्याकेज ८,९ १० को खरिद व्यवस्थामा प्रक्रिया ढिलो हुँदा ५,६ महिना गयो, अझै ५ देखि ६ महिना लाग्छ । कसले नेपाल सरकारले गर्ने हो । बिष्फोटक पदार्थको कुरा राजनीतिक कुरा नटुंगिकन यो सेनाको नेतृत्वलाई जिम्मा लगाएर हुने अवस्था छैन । खोकनाको फास्ट ट्रयाक टुंग्याउने काम भनेको सरकारले गर्ने हो । यसलाई मन्त्रिपरिषद्ले निर्णय नगरी टुंगिदैन । ८३ मा बनाउनुपर्छ भन्ने सरकार, ०८३ मा नबनाएर ०९० पुर्‍याउने पनि सरकार नै हो । अहिलेकै काम जस्ताको त्यस्तै गरेर यो ०८३ मा सकिँदैन । यो ०९०, ०९२ पुग्छ ।’

फरक प्रसंगमा सांसद थापाले सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले दिएको अभिव्यक्ति सामान्यरूपमा लिन नहुने टिप्पणी गरे ।

उनले भने, ‘आजमात्रै सार्वजनिक लेखा समिति सभापतिले सरकारी शुण्डमुण्ड भनिकन हाम्रो समितिको सभापतिलाई भ्रष्टाचार छोप्नका लागि सरकारले अह्राएर यो बैठक राख्नुभयो, निर्णय पनि त्यही अनुसार गर्नुभएको हो भनिकन सार्वजनिक रूपमा यो विषयलाई उठाउनुभएको छ । यो समितिको विषय हो की होइन । समितिमा छलफल गरेर भाग लिएको हो, समितिले छलफल गरेर निर्देशन दिएको हो । कहिले कहीँ हुन्छ । संसदको गरिमासँग जोडिने कुरा हो । यो विषय हल्का रूपमा नलिन र सभामुखसँग उठाउन र गम्भीर रुपमा उठाउन आग्रह गर्दछु । सबैको आफ्नो मान, मर्यादा हुन्छ ।’

यस्ता अभिव्यक्तिले संसद र सांसदको मा मर्दन हुने उनको जिकिर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर