सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त
नेपाल प्रेस
२०८० पुष ४ गते १६:३३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ६ जना न्यायाधीश तथा वरिष्ठ अधिवक्ताहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका छन् ।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका ६ जनाको नाम अनुमोदन गरेसँगै राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् ।
सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल न्यायाधीशमा नियुक्त भएका छन् ।
न्याय परिषद्को मङ्सिर ५ गते बसेको बैठकले सर्वोच्च अदालतका लागि रिक्त ६ न्यायाधीशका लागि नाम सिफारिस गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर