खुट्टामा प्वाल परेको जुत्ता, काँधमा ग्रेटर नेपालको भारी (भिडिओ) – Nepal Press
नेपाल टक

खुट्टामा प्वाल परेको जुत्ता, काँधमा ग्रेटर नेपालको भारी (भिडिओ)

बालेनलाई भेट्न पाए एउटा प्रश्न सोध्नु छ : फणिन्द्र नेपाल

काठमाडौं । सानो नै किन नहोस्, राष्ट्रवादको बजारमा फणिन्द्र नेपालको बेग्लै ‘ब्राण्ड भ्यालु’ छ । उनी ‘ग्रेटर नेपाल’ एजेन्डाका लगभग ‘एक्ला वृहस्पति’ हुन् ।

तीन दशकभन्दा बढी समयदेखि आफूले थाम्न सक्नेभन्दा निकै गह्रुँगो भारी बोकेर हिँडिरहेका छन् फणिन्द्र । उनी थाकेका छैनन् र थाक्ने छाँटकाट पनि छैन । आफ्नो घरभित्रको आर्थिक संकट कसरी पार लगाउने भन्दा पनि सुगौली सन्धिमा गुमेको नेपाली भूभाग भारतबाट कसरी फिर्ता ल्याउने भन्ने चिन्ताले उनलाई बढी पिरोल्छ । त्यसैले त कतिपयले ‘पागल’ को संज्ञा दिन पनि पछि पर्दैनन् ।

जे होस्, फणिन्द्रलाई आफूप्रति गर्व छ । नहोस् पनि किन, मूलधारका राजनीतिज्ञहरुले उच्चारण गर्न पनि डराउने एउटा ‘दुस्साहसी’ एजेन्डालाई उनी एक्लैले जीवित राखिरहेका छन् । विश्व महाशक्ति बन्ने अभियानमा रहेको भारतको नेपाली दूतावासका लागि टाउको दुःखाइ बनिरहेका छन् ।

त्यसो त देशभित्र फणिन्द्र नेपाललाई हेर्ने विभिन्न दृष्टिकोण छन् । केहीले उनलाई ‘साइको’ ठान्छन् । कसैले अन्यत्रबाट परिचालित संदीग्ध पात्र पनि सम्झिन्छन् । धेरैले इमानदार र प्रतिवद्ध राष्ट्रप्रेमीका रुपमा चित्रित गर्छन् । पछिल्लो चित्रण नै सत्यसँग नजिक छ । उनी कुनै बेहोसीमा हिँडिरहेका छैनन् । न कसैले उनीमाथि लगानी गरेको छ । जीवनशैलीबाटै थाहा हुन्छ कि उनको आर्थिक स्थिति मध्यम वर्गबाट माथि उठ्न सकिरहेको छैन ।

केही समयअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेपछि उधुम धुमधाम चर्चा पाए । फणिन्द्र नेपालले ३० वर्षमा ग्रेटर नेपालका बारेमा जति जनचासो उत्पन्न गराउन सफल भएका थिए, बालेनले नक्सा झुण्ड्याउँदा त्योभन्दा बढी जनचासो जागृत भयो । यसमा फणिन्द्रलाई कुनै ग्लानी भने छैन । बरु खुशी छन् उनी । कम्तीमा राज्यको एउटा जिम्मेवार व्यक्तिले ग्रेटर नेपालको मुद्दालाई स्वीकार गर्‍यो ।

ग्रेटर नेपालको बेलायतले बनाएका नक्सा पनि धेरै छन् । कुनै नक्सा एकप्रकारका, कुनै अर्को प्रकारका छन् । कुनै तेर्सो सुलुत्त परेका त कुनै पेट बढेको मान्छे जस्ता र कुनै चरा उड्न लागेको जस्ता छन् । मैले चेतेन्द्रजंग हिमाली र बुद्धिनारायण श्रेष्ठको सहयोगमा २०६५ सालतिर जुन नक्सा विकसित गरेको थिएँ, त्यसलाई नै उहाँले टाँग्नु मेरो लागि थप खुशीको विषय हुन गयो । भोलि अन्तर्राष्ट्रिय अदालतमा पेश गर्नुपर्ने हुनसक्छ भनेर पनि निकै तयारीसहित हामीले त्यो प्रकारको नक्सा बनाएका थियौं ।

फणिन्द्रलाई अलिकति दुविधा भने छ । कार्यकक्षमा नक्सा झुण्ड्याउनुको मतलब मेयर बालेन्द्रले भित्रैबाट ग्रेटर नेपालको एजेन्डालार्ई आत्मसात गरेका हुन् वा चर्चा कमाउने मेलोमात्रै हो उनको । उनी खुद बालेन्द्रलाई सोध्न चाहन्छन् यो प्रश्न । तर, भेट्न पाइरहेका छैनन् । ग्रेटर नेपालको नक्सा टाँसेर वाहवाही बाटुलेका बालेन्द्र यो एजेन्डाका अभियन्तालाई भेट्न खोइ किन हो उत्साहित नभएको बुझिन्छ ।

०००

माइक्रो चढेर आएका फणिन्द्र बानेश्वरमा ओर्लिएर पंक्तिकारलाई फोन गर्दै सोधे, ‘खोइ कता हो ?’ लोकेसन बुझाएको केहीबेरमा उनी लखरलखर हिँड्दै नेपाल प्रेसको कार्यालयभित्र प्रवेश गरे । हातमा एउटा छाता थियो । यो केही महिना अगाडि नै भएको भेटघाट हो ।

अनौपचारिक कुराकानीका दौरान फणिन्द्रले सुनाए, उनले पाटन कलेजबाट अवकाश पाउन लागेका छन् । त्यसपछि के गर्ने भन्ने दुविधा देखिन्थ्यो उनमा । राजनीतिमै हाम्फाल्ने हुटहुटी छ । स्रोतसाधन छैन । अहिले त कलेजको पेन्सनबाट कसरी घर चलाउने चुनौती छ । खैर, उनी व्यक्तिगत जीवनका समस्याहरु सुनाउन यहाँ आएका थिएनन् ।

औपचारिक कुराकानी आरम्भ गरियो बालेनकै प्रसंगबाटः

– ग्रेटर नेपालको अभियन्ता भएको हिसाबले मेयर बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा टाँग्ने कार्यलाई कसरी लिनुभएको छ । यो फगत एउटा फन्डा थियो वा त्योभन्दा बढी केही हो ?

यसलाई सकारात्मक रुपमा लिनुपर्छ । मैले मात्र होइन, सबै नेपालीले । यद्यपि, बालेन साहले स्वयम् उत्प्रेरित भएर, यो एजेन्डा स्वीकार गरेर नै राखेको हो भन्ने कुरा त्यति स्पष्ट छैन । मैले भन्न खोजेको, उहाँको अन्तरमनमा यो विषय महत्वपूर्ण हो भन्ने लागेको थियो भने सपथग्रहणपछि आफ्नो मन्तव्यमा पनि यो कुरा उठाउन सक्नुहुन्थ्यो होला ।

यसको अर्थ म उहाँको विरोध वा अवमूल्यन गर्ने पक्षमा छैन । उहाँले त्यसबेलाको घटनालाई ठ्याक्कै समात्नुभयो । इन्डियामा नरेन्द्र मोदीले त्यहाँको नवनिर्मित संसद भवनमा ‘अखण्ड भारत’को मुराल राखेको थियो । नेपालको सम्पूर्ण तराई नै अखण्ड भारतभित्र समेटेर नक्सा राख्दा यसको जवाफ हाम्रा प्रधानमन्त्रीले नै दिनुपर्थ्यो । गृहमन्त्री, रक्षामन्त्री, प्रधानसेनापति बोल्नुपर्थ्यो । तर, कसैले चुँ पनि गर्न सकेनन् । कमसेकम एउटा संविधानभित्रको जिम्मेवार स्थानीय सरकार, त्यसमा पनि देशको राजधानीको प्रमुख शहरका मेयरले सटिक ढंगले मोदीलाई जवाफ दिनुभयो । यो आफैंमा साहसिक र नेपालका सन्दर्भमा अद्भूत नै हो । म उहाँको प्रशंसा गर्छु । मलाई खुशी लागेको छ ।

ग्रेटर नेपालको बेलायतले बनाएका नक्सा पनि धेरै छन् । कुनै नक्सा एकप्रकारका, कुनै अर्को प्रकारका छन् । कुनै तेर्सो सुलुत्त परेका त कुनै पेट बढेको मान्छे जस्ता र कुनै चरा उड्न लागेको जस्ता छन् । मैले चेतेन्द्रजंग हिमाली र बुद्धिनारायण श्रेष्ठको सहयोगमा २०६५ सालतिर जुन नक्सा विकसित गरेको थिएँ, त्यसलाई नै उहाँले टाँग्नु मेरो लागि थप खुशीको विषय हुन गयो । भोलि अन्तर्राष्ट्रिय अदालतमा पेश गर्नुपर्ने हुनसक्छ भनेर पनि निकै तयारीसहित हामीले त्यो प्रकारको नक्सा बनाएका थियौं ।

– बालेनलाई भेटेर धन्यवाद दिनुभएन ?

धन्यवाद त सञ्चारमाध्यमबाट धेरै दिएँ । फोन गर्ने प्रयास पनि गरें । उहाँको सहयोगीमध्ये एकजनाले म कुरा गर्छु भन्नुभो । २-३ पटक मैले फोन गरें । अत्यन्तै व्यस्त भनियो । मैले भेट्न प्रयास गरेको हुँ । सम्भव भएन । अझै पनि भेटें भने उहाँको साहसका लागि आभार प्रकट गर्नेछु ।

– साहस कुन अर्थमा ? एउटा नक्सा टाँग्नु नै साहसिलो काम हो ?

साहस किनभने भारतले विवादित नक्सा राखेकै बेलामा हाम्रो प्रधानमन्त्रीले भारत भ्रमण गर्ने मोह राख्नुभो । उहाँको इच्छामा त्यो भएको भ्रमण थियो । मोदीले उहाँलाई यसकारण स्वागत गरेको हो कि यो मान्छेलाई अखण्ड भारतको नक्सा देखाइदिउँ भनेर । उहाँ जानुभयो, नक्सा हेरेर आउनुभो । केही बोल्नुभएन ।

मेरो निम्ति सबैभन्दा महत्वपूर्ण पात्र चाहिँ योगी नरहरिनाथ हुनुहुन्छ । उहाँले सुगौली सन्धि कीर्ते हो भनेर २०५६ सालतिर सर्वोच्च अदालतमा मुद्दा नै हाल्नुभयो । उहाँ नै नेपालको सन्दर्भमा पहिलो अभियन्ता । म उहाँको चेलो हुँ । आफू समाधिस्त हुनुअघि घाटे वैद्यको अस्पतालमा मलाई बोलाउन पठाउनुभयो । म गएँ । मृत्युशय्यामा रहेका उहाँले मेरो टाउकोमा हात राखेर ‘यो कुरा बाँचुञ्जेल नछाड्नू’ भनेर आशीर्वाद दिनुभएको थियो । म उहाँकै पदचिन्हमा हिँडिरहेको छु ।

उहाँ जानुभन्दा अगाडि नै नक्सा आइसकेको थियो । उहाँको जानकारीमा थियो यो विषय । सञ्चारमाध्यममा आइसकेका थिए समाचार । उहाँले कुरा गरें भन्नुभयो, तर, कुरा गर्नुभएको होइन । उहाँले तपाईंहरुको सांस्कृतिक नक्सा हो भने हामीसँग पनि ग्रेटर नेपालको ऐतिहासिक नक्सा छ भनेर मात्रै भनिदिएको भए ठूलो कुरा हुन्थ्यो । तर, कसैले नगरेको काम बालेन साहले गरे ।

गरेर के भो त ? भन्नुहोला । इन्डियाभरि समाचार आए । पाकिस्तान, बेलायत, अमेरिका, चीन, बंगलादेशसम्ममा महत्व दिएर समाचार सम्प्रेषण गरियो । त्यसैले उनको कदम महत्वपूर्ण र ऐतिहासिक हो ।

– तपाईंले कैयौं दशकदेखि ग्रेटर नेपालका लागि संघर्ष गर्नुभएको छ । बालेनले एउटा नक्सा राख्दा तपाईंको संघर्षभन्दा बढी पावरफुल भएको हो ?

यो प्रश्न मलाई अरुले पनि गर्नुभएको थियो । कार्ल मार्क्सले कम्युनिज्मको सिद्धान्त तयार गरे । रुस, चीनलगायत विश्वका धेरै मुलुकले लागू गरे । तर, त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री मार्क्सभन्दा ठूलो हुँदैनन् । यदि बालेन साहले बेलायतले बनाएको नक्सा राखेको भए पनि खुशी हुन्थें । तर, हामीले नै आफ्नो अवधारणाअनुसार बनाएको नक्सा राख्नुभयो ।

मैले ३३ वर्षमा गरेको काम हो । उहाँलाई ३-४ मिनेट लाग्यो होला । तर, त्यसले ठूलो चर्चा पायो । जुन कुराका लागि फणिन्द्र नेपाललाई ५० वर्ष अरु लाग्थ्यो । बालेन साहले १० मिनेटमा गर्नुभयो । कम्तीमा टिट फर ट्याट भनेर मोदीलाई जवाफ दिनुभयो । मलाई आफू छायाँमा परेको भन्ने लाग्दैन । ग्रेटर नेपालको एजेन्डाले व्यापकता त पायो नि ! त्यसैले हामी यसमै खुशी छौं ।

– बालेनको प्रतिक्रियात्मक कदमले यति खुशी हुनुपर्छ र ? उहाँ त्यो कुर्सीबाट हटेपछि नक्सा पनि त हटिहाल्छ नि ?

यो विषयमा मैले उहाँसँग अझै पनि भेट्न खोजिरहेको छु । उहाँको कुरा के हो ? श्रीमतीको उपचार गर्न भारत गएको बेला नेपाल फर्केपछि ग्रेटर नेपालको नक्सा पृष्ठभूमिमा राखेर केही लेख्छु भन्नुभएको थियो । तर, लेख्नुभएन । भारतीय अखबारलाई दिएको अन्तर्वार्तामा उहाँले स्पष्ट रुपमा हामीले ग्रेटर नेपालको नक्सा राख्न कसैलाई सोध्नुपर्दैन भन्नुभएको छ । त्यो पक्ष पनि महत्वपूर्ण छ । यो विषयलाई उहाँले आफ्नो जीवनको वा राजनीतिक विषयवस्तुका रुपमा लिएर जान खोजेको हो कि होइन ? भेट सम्भव भयो भने म सोध्नेछु, तपाईंको वास्तविक अभिष्ट के हो ?

– तपाईं ग्रेटर नेपालको सूत्रधार आफैंलाई मान्नुहुन्छ ?

कसैकसैले थाहा नपाएर वा कसैले मप्रति सदासयता राखेर ग्रेटर नेपाल नै फणिन्द्र नेपालले सुरु गरेको भन्ने ठान्छन् । त्यो विल्कुल गलत हो । सुगौली सन्धिको विरोध गर्ने पहिलो व्यक्ति अमरसिंह थापा हुन् । राजा राजेन्द्रले पनि गुमेको जमिन फिर्ता लिनुपर्छ भनेर सेनालाई अह्राएको केही संकेत इतिहासमा पाउँछौं । जंगबहादुर राणाले चारवटा जिल्ला फिर्ता लिएकाले उनलाई पनि अभियन्ताकै रुपमा लिनुपर्छ ।

अहिलेसम्म नेपालका कुनै पनि प्रधानमन्त्रीले भारतीय समकक्षीसँग सुगौली सन्धिमा गुमेको जमिनको हैसियत के हो, त्यसलाई स्पष्ट गरौं भन्न सकेका छैनन् । कम्तीमा कुरा त गरौं । तपाईंसँग मेरो सामान छ, फिर्ता चाहियो भनेर भन्न पनि नसक्ने ? मागेपछि त दिनुपर्छ । नदिए अरु प्रक्रियाबाट जान सकिन्छ ।

मेरो निम्ति सबैभन्दा महत्वपूर्ण पात्र चाहिँ योगी नरहरिनाथ हुनुहुन्छ । उहाँले सुगौली सन्धि कीर्ते हो भनेर २०५६ सालतिर सर्वोच्च अदालतमा मुद्दा नै हाल्नुभयो । उहाँ नै नेपालको सन्दर्भमा पहिलो अभियन्ता । म उहाँको चेलो हुँ । मलाई असाध्यै माया गर्नुहुन्थ्यो उहाँले । मेरो किताब ‘नेपाल टिस्टादेखि सतलजसम्म’ मा उहाँले भूमिका लेख्नुभएको हो । उहाँले न यस्तो किताब पहिले लेखिएको थियो न त पछि लेखिएला भनेर प्रशंसा गर्नुभएको छ । आफू समाधिस्त हुनुअघि घाटे वैद्यको अस्पतालमा मलाई बोलाउन पठाउनुभयो । म गएँ । मृत्युशय्यामा रहेका उहाँले मेरो टाउकोमा हात राखेर ‘यो कुरा बाँचुञ्जेल नछाड्नू’ भनेर आशीर्वाद दिनुभएको थियो । म उहाँकै पदचिन्हमा हिँडिरहेको छु ।

त्यसैले मैले पहिलो व्यक्ति भएर यो काम गरेको होइन । म २०४७ सालमा लागें । त्यहाँदेखि निरन्तर छु । ३४ वर्ष भयो । मेरो जीवनकालमा ग्रेटर नेपाल प्राप्त हुन्छ भनेर हिँडेको हुँ । मेरो चेत रहुञ्जेलसम्म यो अवधारणा त्याग्दिनँ ।

– धेरै मान्छे यो सम्भव हुने अवधारणा नै होइन भन्ने सोच्छन् । भारत जस्तो शक्तिराष्ट्रसँग न नेपालले लडेर जित्नसक्छ न त कूटनीतिमा नै । तपाईं कसरी ग्रेटर नेपालको आशा राखेर हिँड्नुभएको छ ?

कुकरमा चामल र पानी हालेर बसाएपछि सिटी लागेर भात पाक्छ भन्ने सुन्दा सुरु सुरुमा निकै अपत्यारिलो लाग्थ्यो । तर, हुँदोरहेछ नि ! राइट दाजुभाइले प्लेन आकाशमा उडाउने कुरा गर्दा कतिले उनीहरुलाई नै उडाउँथे । तर, सम्भव भयो । आइन्स्टाइनले भनेका छन् कि एभ्रिथिङ एज इम्पोसिबल अन्टिल इट इज डन ।

– सुगौली सन्धिबाट नेपालले गुमाइसकेको भूमि अब के आधारमा फिर्ता माग्ने त ?

इन्डिया सन् १९४७ मा इन्डियन इन्डिपेन्डेन्स एक्टमार्फत स्वतन्त्र भएको हो । अगष्ट १४ मा पाकिस्तान र १५ मा इन्डियाको घोषणा भयो । इन्डिया र पाकिस्तानसँग मिल्न नचाहनेहरुलाई स्वतन्त्र छाडियो । ब्रिटिशले उनीहरु यो क्षेत्रमा आउँदा यहाँको भूराजनीतिक अवस्था जस्तो थियो त्यस्तैमा छोडेर गएका हुन् ।

उनीहरुको लडाइँ हुनुअघि हामी टिस्टादेखि सतलजसम्म थियौं । इन्डिया र पाकिस्तान स्वतन्त्र भएकै दिन हामी पनि हुनुपर्थ्यो । तर, नेपालले त्यो पहल नै गरेन । त्यो बेला राणाहरु पारिवारिक स्वार्थमै अल्झिएका थिए । उनीहरुलाई केवल आफ्नो सत्ता जोगाउनु थियो । उनीहरुलाई पढेलेखेका मान्छे नेपालमा आए भने विद्रोह गर्छन् भन्ने डर थियो । भारत चाहिँ ब्रिटिशहरुबाट मुक्त हुने, हाम्रो जमिन चाहिँ तुरुन्तै उपनिवेश बनाउने ? हाम्रा मान्छेले यस्तो प्रश्न नै गरेनन् ।

अहिलेसम्म नेपालका कुनै पनि प्रधानमन्त्रीले भारतीय समकक्षीसँग सुगौली सन्धिमा गुमेको जमिनको हैसियत के हो, त्यसलाई स्पष्ट गरौं भन्न सकेका छैनन् । कम्तीमा कुरा त गरौं । तपाईंसँग मेरो सामान छ, फिर्ता चाहियो भनेर भन्न पनि नसक्ने ? मागेपछि त दिनुपर्छ । नदिए अरु प्रक्रियाबाट जान सकिन्छ ।

– अहिले भएकै भूभाग जोगाउन नसकिरहेको बेला गुमिसकेको भूभागको आशा गर्नु मूर्खतापूर्ण हुँदैन र ?

हामीले जोगाउन गाह्रो भएको होइन, नजोगाएको हो । हामी त कुनै कामै गरिराख्या छैनौं । इन्डियाले जे भन्छ, त्यही मानिरहेका छौं । हामी त दास जस्ता भएर सहन्छौं मात्रै ।

कि नेपालको संसदले संकल्प प्रस्ताव पारित गर्नुपर्‍यो, सुगौली सन्धिमा गुमेको जमिनमा दाबी गर्दैनौं भनेर । हाम्रो सिमाना मेची-काली हो र योभन्दा उता जाँदैनौं भनेर प्रस्ताव पास गरेर इन्डियाको संसदमा पठइदिनुपर्‍यो । छ कोही माइकालाल ? कसैले गर्ला ? संवैधानिक रुपमा कुनै काम नगर्ने, अनि यो मुद्दा अमूक व्यक्तिको हो भनेर पन्छाउन मिल्छ !

तर, मलाई आशा छ, नाटकीय रुपमा ग्रेटर नेपाल प्राप्त हुन्छ । बालेन साहले नक्सा टाँगेपछि आज हरेक नेपाली र प्रत्येक इन्डियनले थाहा पायो कि नेपालको जमिन भारतीय उपनिवेशमा राखेको रहेछ भनेर । सरकारले किन पहल गरेन भनेर पनि पत्रकारको ध्यान जानुपर्छ ।

– तपाईंले उठाइरहेको मुद्दाको राजनीतिक मूलधारमा कुनै चर्चा छैन । तपाईंसँग व्यक्तिगत भेटघाटमा मूलधारका कुनै नेताले ग्रेटर नेपालप्रति समर्थन जनाएका छन् ?

शत प्रतिशत सहमत एकजना सीपी मैनाली हुनुहुन्छ । उहाँले सुगौली सन्धिमा गुमेको जमिन फिर्ता हुनुपर्छ भन्नेमा सहमत छौं भनेर लेखेरै दिनुभएको छ । वर्तमान प्रधानमन्त्रीसँग मैले तीन पटक भेटें । उहाँले पोजिटिभली लिनुभएको हो व्यक्तिगत रुपमा । २०६५ सालमा टीकापुरमा प्रचण्डले बोलेको भिडियो छ, जसमा उहाँले ‘सुगौली सन्धि नेपालले बेलायतसँग गरेको हो, इन्डियासँग होइन, त्यसैले ग्रेटर नेपाल हुन्छ’ भन्नुभएको छ । धेरै नेताहरुमा भेट्दा राम्रो विषय उठाउनुभो, नछाड्नुस् भन्ने तर आफ्नोतर्फबाट केही पनि नगर्ने प्रवृत्ति छ ।

– भारतको नाकाबन्दीसँग लडेका पूर्वप्रधानमन्त्री केपी ओलीको धारणा के पाउनुभएको छ ?

व्यक्तिगत रुपमा उहाँसँग मैले भेटेको छैन । प्रधानमन्त्री हुँदा जंगी अड्डामा पुग्नुभएको बेला त्यहाँ ग्रेटर नेपालको नक्सा हेरेर भावुक टिप्पणी गर्नुभएको थियो । त्यो समाचार गोरखापत्रमा छापियो । तर, अन्य पत्रकारिता जगतले ब्ल्याकआउट नै गरे ।

– ग्रेटर नेपालमा फणिन्द्र नेपालको के स्वार्थ छ र यसरी हिँडिरहेका छन् भनेर सोच्नेहरु धेरै छन् । उनीहरुलाई कसरी स्पष्ट पार्नुहुन्छ ?

ग्रेटर नेपाल भन्ने विषय फणिन्द्र नेपालको निजी मुद्दा होइन । कसैको पनि निजी होइन । हामीले भोलि घरघडेरी पाउने हो र ? यो त हाम्रो देशको मुद्दा हो । दार्जिलिङ र सिक्किमका जनताले समेत सुगौली सन्धिका कारण हामी अप्ठेरोमा पर्‍यौं भन्छन् । उनीहरुलाई भारतीयले नेपाली भन्छन्, नेपालीले भारतीय भन्छन् । भारतमा उनीहरु दोस्रो दर्जाका नागरिक भएर बाँचिरहेका छन् ।

सुगौली सन्धिको र्‍याटिफिकेसन नेपाल र इन्डियाबीच भएकै छैन । त्यही भएर इन्डियाको नेता सुभाष घिसिङले भन्नुभएको छ कि सन् १९५० को सन्धिको धारा ८ अनुसार यो जमिन नेपालको हो र नेपालले चाह्यो भने उसको हुन्छ । नत्र इन्डियाले उसको संविधानअनुसार ‘इन्कर्पोरेट’ गर्नुपर्छ । तर, इन्डियाले पनि ‘इन्कर्पोरेट’ नगर्ने र नेपालले पनि नलिने हो भने हामी ‘इन्डिपेन्डेन्स’ घोषणा गर्छौं ।

कि नेपालको संसदले संकल्प प्रस्ताव पारित गर्नुपर्‍यो, सुगौली सन्धिमा गुमेको जमिनमा दाबी गर्दैनौं भनेर । हाम्रो सिमाना मेची-काली हो र योभन्दा उता जाँदैनौं भनेर प्रस्ताव पास गरेर इन्डियाको संसदमा पठइदिनुपर्‍यो । छ कोही माइकालाल ? कसैले गर्ला ? संवैधानिक रुपमा कुनै काम नगर्ने, अनि यो मुद्दा अमूक व्यक्तिको हो भनेर पन्छाउन मिल्छ ! संसदले विधेयक पास गरेर यो जमिनमा हामी दाबी गर्दैनौं भन्नलाई त फणिन्द्र नेपालले रोक्न सक्दैन होला ।

– अलि व्यक्तिगत प्रसंग । तपाईंलाई नेपालको मूलधारका मिडियाले कतिको स्पेस दिएको महसुस हुन्छ ?

ठूला भनिने मिडियाले मलाई निकै ठूलो दूरीमा राख्छन् । ग्रेटर नेपालको कुरा उठाएर बहुराष्ट्रिय कम्पनीबाट पाउने विज्ञापन बन्द गराउन किन चाहन्थे ? मेनस्ट्रिमका पत्रकार साथीहरु ग्रेटर नेपालको मुद्दाविरुद्ध हुनुहुन्छ भन्दिनँ । तर, सबै कुरा मालिकको हातमा हुन्छ । कुन विषय उठाउँदा आर्थिक नाफा हुन्छ, त्यसलाई नै प्राथमिकतामा राख्ने हुन् । ग्रेटर नेपालको कुरा उठाएर आफूले पाइरहेको आर्थिक लाभलाई किन तिलाञ्जली दिने भन्ने सोच होला । गगन थापाले भारतको काउन्टरमा हामी पनि ग्रेटर नेपालको नक्सा राख्न सक्छौं भनेर बोल्दा यहाँका मिडियाले उल्टै उनलाई खेदे । यसमा विभिन्न लाभहानिका कुरा आउँछन् । यो कुरा उठाएर हानि व्यहोर्न कोही तयार छैन ।

म एयरपोर्टबाट मोदी आउँदा २ पटक र प्रणव मुखर्जी आउँदा १ पटक समातिएँ । त्यसको खर्च कति त भन्दा एउटा कालो कपडा, अनि चाबहिलबाट एयरपोर्ट पुग्न १५ रुपैयाँ गाडी भाडा । पुगनपुग ५० रुपैयाँ खर्च गरेर मैले आन्दोलन गरें त ! त्यसैले कहाँबाट पैसा ल्याएर आन्दोलन गरिस् भन्नुको कुनै तुक छैन ।

– तपाईं पक्राउ पर्दा त न्यूज आउँछ नि ?

हो, त्यो चाहिँ आउँछ । हामी अगष्ट १५, जनवरी २६, डिसेम्बर २ र मार्च ४ मा इन्डियन एम्बेसी अगाडि प्रदर्शन गर्न जान्छौं । आज फलाना व्यक्तिहरु पक्राउ परे भनेर लेख्छन् । त्यति हो । रिहाइ भए भनेर पनि आउँदैन ।

– यतिका वर्षदेखि ग्रेटर नेपालको पक्षमा गतिविधि गरिरहनुभएको छ । तपाईंको आम्दानीको ठूलो स्रोत देखिँदैन । कुनै ठूलो शक्तिले तपाईंमाथि लगानी गरेको छ भन्ने आशंका धेरैलाई छ । यसलाई कसरी निवारण गर्नुहुन्छ ?

आरोप त जसमाथि पनि लाग्छ । मान्छेले यसमा आर्थिक पक्षलाई जोड्छन् । केही पाएको होला अनि हिँडेको छ भनेर आत्मपरक व्याख्या गरिदिन्छन् ।

म तपाईंलाई उदाहरणसहित भन्छु । विगतमा एक पटक मैले सार्वजनिक आह्वान गरेर इन्डियन एम्बेसी अगाडि प्रदर्शन गरौं भनें । तर, त्यहाँ म पुग्दा कोही पनि थिएन । निकै बेरसम्म म एक्लैले ब्यानर समातेर उभिएँ । एकछिनपछि अर्को एकजना साथी आयो । दुई जनाले समात्यौं । एकछिनपछि सोह्रखुट्टेबाट भ्यान आएर नक्सा खोस्यो र हामीलाई भ्यानमा हाल्यो ।

गरेको त्यति हो । यसमा कति खर्च भयो होला ? चानचुन ५०० । डिजाइन र फ्लेक्स प्रिन्ट मात्र न हो !

म एयरपोर्टबाट मोदी आउँदा २ पटक र प्रणव मुखर्जी आउँदा १ पटक समातिएँ । त्यसको खर्च कति त भन्दा एउटा कालो कपडा, अनि चाबहिलबाट एयरपोर्ट पुग्न १५ रुपैयाँ गाडी भाडा । पुगनपुग ५० रुपैयाँ खर्च गरेर मैले आन्दोलन गरें त ! त्यसैले कहाँबाट पैसा ल्याएर आन्दोलन गरिस् भन्नुको कुनै तुक छैन । निरन्तर एउटा काममा लागेको छ भने स्वार्थ देख्छन् । हो, स्वार्थ छ । तर, व्यक्तिगत होइन देशको स्वार्थ हो ।

अहिले मेरो लुगा हेर्नुस्, जुत्ता हेर्नुस् । जुत्तामा प्वाल परेको छ । दुःख देखाउन लगाएको होइन यो । यही हो मैले लगाउने जुत्ता । सम्पत्ति जोडेको भए कहीँ न कहीँ प्रकट हुन्छ । घर-घडेरी जोडेको भए पत्रकारले खोजेर देखाइदिनुस् ।

– कति छ त तपाईंको सम्पत्ति ?

मेरो नाममा केही पनि छैन । मेरी श्रीमतीको नाममा ८ आना ३ पैसा जग्गा छ काठमाडौंमा । तर, त्यो अढाइ करोड रुपैयाँ ऋणमा छ । ऋण तिर्दा जग्गा सकिन्छ । जग्गा बेच्न पनि प्राविधिक समस्या भएकाले गर्दा अलिकति तनावमा छु । यसको व्याख्यातिर गयो भने लामो हुन्छ । मेरो सोझोपनको फाइदा उठाए । व्याजको स्याज र हर्जाना बढ्दै अढाइ करोड पुगेको हो ।

क्याम्पसको तलवबाहेक मेरो केही पनि आम्दानी छैन । मेरो बैंक खातामा ५३ रुपैयाँ छ । अर्को एउटा खाता निष्क्रिय छ । क्याम्पसको तलबले खान पुग्छ । तर, पैसा बच्दैन । एउटा नयाँ जुत्ता किन्न मन लाग्यो भने १० पटक सोच्नुपर्छ । अनि मान्छेहरु फणिन्द्र नेपालको १० वटा छन् रे हो ? भन्छन् । एउटा बसको टाउकोमा ‘ग्रेटर नेपाल’ लेखिएको रहेछ । मान्छेहरुले त्यो बस पनि मेरै हो भन्ने सोच्छन् । अब के लाग्छ ? म आफू सार्वजनिक यातायातमा भाडा तिरेर यात्रा गर्छु । आफ्नो निजी सवारी अहिलेसम्म छैन ।

– निजी सवारीसाधन किन्न नसकेकै हो त ?

गाडीको त कल्पना नै गरेको छैन । मोटरसाइकलसम्म आँट्न सकिन्थ्यो । तर, २०५५ सालमा डाक्टरले आफैंले मोटरसाइकल नहाँक्नु भनेपछि त्यो धोको पनि रहेन । स्वास्थ्यको हिसाबले पनि सकेसम्म पैदल नै हिँड्छु ।

– भारत जस्तो देशका लागि टाउको दुःखाइ बन्नुभएको छ । भारतसँग खराब सम्बन्ध भएका चीन र पाकिस्तानले तपाईंलाई सपोर्ट गरेका होलान् नि ?

यस्तो हो चिरञ्जीवीजी ! मसित हजारौंको जुलुस निकाल्ने क्षमता भएको भए अर्को कुरा हुन्थ्यो । म एक्लै हिँडिरहेको छु । १५ जना छन् मोर्चामा । संगठनमा एकदुई जनाले मात्रै काम गर्छन् । एकदुई व्यक्तिका लागि कसले किन लगानी गर्छ ?

मैले भेटेको सबैभन्दा ठूलो मान्छे भनेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रपोगण्डा डिपार्टमेन्टको चिफ एक्सपर्ट हो । बेइजिङमा ६ पटक उहाँसित भेटें । अन्तरंग कुराकानी भएका छन् । उहाँले तिमीहरुको इस्यु ठीक छ तर, व्यक्तिगत रुपमा हामीलाई भेटेको आधारमा सहयोग गर्दैनौं भन्नुहुन्छ । सरकारको च्यानलबाट आउनुपर्छ, हामी सरकारलाई विश्वास गर्छौं भन्ने उहाँको भनाइ छ ।

– चीनसँग त तपाईं नजिक हुनुहुन्छ नि होइन र ?

चीनसँग मेरो अलिकति सम्बन्ध छ । तर, कस्तो भने म चीन आठ पटक गएँ । मैले भेटेको सबैभन्दा ठूलो मान्छे भनेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रपोगण्डा डिपार्टमेन्टको चिफ एक्सपर्ट हो । बेइजिङमा ६ पटक उहाँसित भेटें । अन्तरंग कुराकानी भएका छन् । उहाँले तिमीहरुको इस्यु ठीक छ तर, व्यक्तिगत रुपमा हामीलाई भेटेको आधारमा सहयोग गर्दैनौं भन्नुहुन्छ । सरकारको च्यानलबाट आउनुपर्छ, हामी सरकारलाई विश्वास गर्छौं भन्ने उहाँको भनाइ छ ।

मैले नेपालका लागि चिनियाँ पूर्वराजदूतदेखि ठूला प्रोफेसर, कूटनीतिज्ञलाई ग्रेटर नेपालका नक्सा दिएर फोटो खिचेको छु । उनीहरुले पनि ‘नैतिक समर्थन छ’ सम्म भनेका छन् । यसको अर्थ आर्थिक लेनदेन भन्ने होइन ।

– आठ पटक चीन आउजाउ गर्दा खर्च कसरी बहन गर्नुभयो त ?

चिनियाँसँग मिलेर केही काम गरौं भन्ने सोच थियो । तर, म असफल भएँ । हाइड्रोमा लगानी गर्ने व्यापारी भेटिन्छन् भनेर कुरा आयो । तर, त्यो दिवास्वप्न जस्तो हुँदोरहेछ । छलफल भए तर, टुंगोमा पुर्‍याउन नसकिने रहेछ ।

म ऋण काढेर चीन गएको हो । यसरी कतिपटक जाने ? चीनमा उसले खुवाउँछ । तर, उसलाई नेपालमा बोलाएर खुवाउन सकिन्न । होटलमा राख्न सकिँदैन । म गएर कुरा गरेपछि ओके गरिहाल्छ, एउटा प्रोजेक्ट सञ्चालन हुन्छ र मलाई १० प्रतिशत कमिसन आउँछ भनेर सोझो सोचाइ लिएछु । तर, मेरो सोझोपनको फाइदा उठाइयो ।

एक जना भाइसँग त बोलचाल नै छैन मेरो । मैले उसित ५ लाख ऋण लिएको थिएँ । म ठूलो प्रोजेक्टमा हात हाल्न जाँदैछु, पछि तिर्छु भनेको थिएँ । तर, मैले उसलाई फिर्ता गर्न सकेको छैन ।

आर्थिक जीवन उधिन्न थाल्यो भने साध्यै हुँदैन । आफ्नो आङको छारो उडाउनु राम्रो पनि होइन ।

– भनेपछि आठ पटक चीन आउजाउ व्यर्थ भयो ?

हो, त्यस्तै भयो । मैले हाइड्रोपावर प्रोजेक्टमा सफल हुन्छु भनेर आँटेको थिएँ । मैले राखेको प्रस्ताव मान्लान् भन्ने थियो । उनीहरुले हामी आउँछौं भने । तर, आएनन् । प्रोजेक्ट पठाएपछि यस्तो मिलेन, त्यस्तो मिलेन भन्ने । छलफल गर्न बोलाउने । तर, सबै आफ्नै खर्चमा ।

अन्तिम पटक सन् २०१९ को मे १५ मा चाहिँ मलाई उनीहरुले नै खर्च गरेर बोलाए । बेइजिङमा एसियाली सम्मेलनमा भाग लिन सरकारी तवरबाटै निमन्त्रणा आएको थियो । त्यसबेला ग्रेटर नेपाल राष्ट्रिय मोर्चाको अध्यक्षकै हैसियतमा बोलाए । त्यसबेला आफ्नो खर्च लागेन । टिकट आउनेजाने र होटल खर्च व्यहोरे । तर, कुनै भत्ता चाहिँ थिएन ।

– जेनेभा पनि जानुभयो, त्यो तारतम्य कसरी मिल्यो ?

राष्ट्रसंघको कार्यक्रममा जेनेभा दुई पटक गएँ । २०१९ मा नै हो । एकपटक बोल्न पाएँ । अर्को पटक कोभिडले गर्दा भोलिपल्टै फर्किनुपर्‍यो ।

पैसामा बिक्ने भएको भए आज म गाडी चढेर तपाईंलाई अन्तर्वार्ता दिन आएको हुन्थें । मलाई अफर के थियो भने सबै काम गर्नु, तर, हाम्रो विशेष दिनमा अनि भारतबाट भीआईपी आउँदा कालो झण्डा नदेखाइदिनुस् भन्ने थियो । त्योबाहेक जे गरे पनि आपत्ति छैन भनिएको थियो । तर, मैले लत्याइदिएँ ।

एउटा विद्यार्थीलाई हाइस्कुलमा पढाउँथे । राईको छोरा हुन् मेरै क्षेत्रको । पछि ब्रिटिस गोर्खामा गएका थिए । उसित बेलाबेलामा कुरा भइराख्थ्यो । उसले लामो भयो, तपाईंले ग्रेटर नेपालको कुरा उठाएको, यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ भन्यो । मैले आफूसँग पैसा नभएकाले बाहिर जान नसक्ने बताएँ । त्यसपछि उसले जेनेभा गएर बोल्नुहुन्छ भने सहयोग गर्छौं भन्यो । उनीहरुलाई २-४ लाख ठूलो भएन । दुवैपटक उनीहरुले नै मलाई लगेका हुन् । ८ लाख रुपैयाँ लगानी गरेका थिए । पहिलो पटक फलदायी भयो । तर, दोस्रो पटक फर्किएँ ।

– पैसा तिरेपछि जो पनि भाग लिन पाउने हो र ?

हुँदैन । बेलायतकै आईएनजीओमा मेरो नाम दर्ता गरेर त्यताबाट राष्ट्रसंघमा पठाएर गएको हो । निम्ताविना त प्रवेशै पाइन्न ।

– तपाईंलाई लोभलालच र धम्कीहरु कत्तिको आउँछ ?

ज्यान मार्ने, अपहरण गर्ने धम्कीहरु त धेरै खेपें । बाटोघाटोमा हातपात पनि भए । अगष्ट १५ को अघिल्लो दिन पेस्तोल देखाएर पैसा पनि लुटियो ।

राकेश सुदको पालामा सद्भावनाको लिडरमार्फत १० करोड रुपैयाँको अफर आएको थियो । ग्रेटर नेपालको एजेन्डा छोड्ने भए १० करोड दिन्छौं भनेका थिए । हामीले सामूहिक रुपमा अस्वीकार गर्‍यौं । १० करोड आउँछ भनेपछि यो मुद्दा त निकै ठूलो रहेछ भन्ने भयो ।

अहिले अर्को प्रस्ताव छ, यो चाहिँ इन्डियन दूतावास निकट पत्रकारमार्फत आएको । म यतिका वर्ष अभियानमा हिँडें तर, ग्रेटर नेपाल सम्भव रहेनछ भनेर अन्तर्वार्ता दिनुस्, हामी तपाईंले भनेको अमाउन्ट दिन्छौं भन्ने कुरा आएको थियो । त्यसलाई पनि मैले सीधै खारेज गरिदिएको छु । मेरो लागि यो मर्ने बेलामा हरियो काँक्रो भने जस्तो हो ।

पहिले पहिले डर लाग्थ्यो । तर, राजा वीरेन्द्रको हत्या भएपछि डराउन छाडें । ५ हजार व्यक्तिको सुरक्षामा रहेकाको त हत्या भयो भने को सुरक्षित छ ? म अहिले अन्तर्वार्ता दिएर बाहिर निस्किनासाथ गोली खान सक्छु । त्यो मानसिकतामा पुगिसकेको छ । आखिर एक दिन मर्नै त छ ।

यत्रो वर्ष संघर्ष गरियो । जनताको हाइहाइ पाएँ । अब नेपालीहरुले थुकेको थुकमा बग्नु ? मलाई कसैले तुलादान तेरो तौल बराबर (अहिले ५९ केजी मात्र छु) सुन दिन्छु भनेर अफर राखे पनि स्वीकार गर्दिनँ । पैसामा बिक्ने भएको भए आज म गाडी चढेर तपाईंलाई अन्तर्वार्ता दिन आएको हुन्थें । मलाई अफर के थियो भने सबै काम गर्नु, तर, हाम्रो विशेष दिनमा अनि भारतबाट भीआईपी आउँदा कालो झण्डा नदेखाइदिनुस् भन्ने थियो । त्योबाहेक जे गरे पनि आपत्ति छैन भनिएको थियो । तर, मैले लत्याइदिएँ ।

– यस्तो विषयमा परिवार, आफन्तले के भन्छन् ?

१० करोड अस्वीकार गर्दा एक जनाले त मलाई थुक्क भने । थुकेकै त होइन, तर मुखले थुक्क भनेको हो । यत्रो लागेर के पाइस् ? आफ्नो परिवारलाई रुवाएर के हुन्छ ? राजनीति गर्नेले गाडी-घर जोड्छन् । तैले के गरिस् भन्नेहरु धेरै हुन्छन् । अब त यस्ता कुराले छुन छोडिसक्यो ।

– मार्छन् कि भनेर डर लाग्छ कि लाग्दैन ?

पहिले पहिले डर लाग्थ्यो । तर, राजा वीरेन्द्रको हत्या भएपछि डराउन छाडें । ५ हजार व्यक्तिको सुरक्षामा रहेकाको त हत्या भयो भने को सुरक्षित छ ? म अहिले अन्तर्वार्ता दिएर बाहिर निस्किनासाथ गोली खान सक्छु । त्यो मानसिकतामा पुगिसकेको छ । आखिर एक दिन मर्नै त छ ।

– अबका दिनमा पनि यसरी नै हिँडिरहने कि फरक योजना केही छन् ?

मेरो क्याम्पसमा जागिर सकिन लागेको छ । त्यसपछि पूर्ण रुपमा अवकासप्राप्त हुन्छु । अहिले केही लिमिटेसन छन् । सरकारी जागिर खाएर राजनीति गर्न मिल्दैन । त्यस पछाडि चाहिँ अलिकति स्वतन्त्र हुन्छु । एउटा कुरा के थाहा भयो भने जतिसुकै सामाजिक अभियन्ता भए पनि राजनीतिभन्दा बाहिरबाट कुनै पनि एजेन्डाले मूर्त रुप पाउन सक्दैन । आफैं राजनीतिमा होमिने इच्छा र हुटहुटी जागिरहेको छ ।

– भनेपछि कुनै पार्टीमा प्रवेश गर्ने कि आफैं पार्टी खोल्ने ?

आफैं पार्टी खोल्ने सामर्थ्य छैन । त्यसका लागि चाहिने साधनस्रोत मैले कहाँबाट ल्याउने ? कुनै पार्टीले तपाईंको एजेन्डाको अपनत्व लिन्छौं भनेमा सोच्न सकिन्छ । नत्र स्वतन्त्र रुपमा पनि जान सक्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर