कल्याणकारी कोषको १०करोड श्रमिकको हित विपरीत खर्च नगर्न रिटर्नी फेडरेसनको ध्यानाकर्षण
काठमाडौं । रिटर्नी फडेरेसन नेपालले कल्याणकारी कोषको रकम श्रमिकको हित विपरीत प्रयोग नगर्न वैदेशिक रोजगार बोर्डको ध्यानाकर्षण गराएको छ ।
फेडेरेसका अध्यक्ष उत्तम अधिकारी सहितको टोलीले बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीलाई भेटेर श्रमिकको हितमा खर्च गर्नुपर्ने १० करोड बराबरको रकम सिस्टम मर्मतको नाममा खर्च गर्न लागिएको भन्दै ध्यानाकर्षण गराएको हो ।
फेडेरेसनले कुनै पनि बहानामा श्रमिकको हितमा खर्च गर्नुपर्ने रकम अन्यत्र खर्च गर्ने प्रवृत्तिप्रति घोर भर्त्सना गर्ने पनि विज्ञप्ति उल्लेख गरिएको छ ।
फेडेरेसनको तर्फबाट अध्यक्ष अधिकारीसहित उपाध्यक्षहरू शलिकग्राम बसेल, काजी बहादुर थापा मगर, महासचिव जेपि सापकोटा, सचिव खेम बहादुर कार्की लगायत बोर्डको कार्यालय पुगेका थिए ।