मन्त्रिपरिषद् पुनर्गठनबारे प्रचण्डको ब्रिफिङ- एक्सनमा नगए ‘बोल्ड स्टेप’ चाल्छु भनिसकेको छु
बालुवाटारको पार्टी बैठकमा प्रधानमन्त्रीले भने- भ्रष्टाचारविरोधी अभियानलाई गति दिन्छु, नयाँ फाइल खोल्छु
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरूलाई ठोस कार्ययोजनासहित अघि बढ्न निर्देशन दिएको बताएका छन् । सरकार गठनको एक वर्षपछि मन्त्रीहरूको कार्यसम्पादनमा असन्तुष्ट प्रधानमन्त्रीले ठोस योजनासहित अघि नबढे ‘बोल्ड स्टेप’ गर्ने बताएको पार्टी पदाधिकारी बैठकमा ब्रिफिङ गरेका हुन् ।
प्रधानमन्त्रीको भनाई उदृत गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘सबैलाई मैले ठोस कार्ययोजनासहित एक्सनमा जानु भनेको छु । भएन भने बोल्ड स्टेप चाल्छु भनेको छु ।’
यद्यपि, मन्त्रिपरिषद् पुनर्गठनको विषयमा ठोस रूपमा छलफल नभएको उनले बताए ।
सापकोटाले भने, ‘पुस १० गते एक वर्ष पुग्दैछ । ११ गते प्रगति र आगामी योजना प्रधानमन्त्रीले ल्याउनुहुन्छ । सरकारको समीक्षा विभिन्न ढंगबाट भइरहेको छ ।’
प्रधानमन्त्रीले बैठकमा सरकारलाई प्रभावकारी बनाउन अबको नीति तथा कार्यक्रम र बजेटमा पनि आमूल परिवर्तन गर्नुपर्ने सोचेको ब्रिफिङ गरेका छन् ।
आफूले थालेको भ्रष्टाचारविरोधी अभियानलाई गति दिएर नयाँ फाइल खोल्ने योजना प्रधानमन्त्रीले सुनाएको उनको भनाइ छ ।
हो हो नयाँ नयाँ फायल खोल्दै आफ्ना पार्टीकालाई चोख्याउँदै लैजाने मिसन नै हो नि