१६औं योजनाको तयारी : उत्पादन वृद्धिसहितको रोजगारीमा जोड (भिडिओ) – Nepal Press

१६औं योजनाको तयारी : उत्पादन वृद्धिसहितको रोजगारीमा जोड (भिडिओ)

काठमाडौं । राष्ट्रिय योजना आयोगले उत्पादन वृद्धिसहितको रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै १६औं योजना सार्वजनिक गर्ने तयारी गरेको छ ।

बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै आयोगले प्रदेश र स्थानीय तहको छलफलका सुझाव आइसकेको जानकारी दिइयो ।

संघीय स्वरूप अनुसार प्रदेशलाई महत्वपूर्ण भूमिका दिनुपर्ने, तीनै तहको अन्तरसम्बन्धलाई बलियो बनाउनुपर्ने, वित्तीय स्रोतको विनियोजन तथा आयोजना छनौट गर्दा संघीय संरचनालाई ध्यान दिनुपर्नेलगायतका सुझाव आएको आयोगले जनाएको छ ।

पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले कोरोना महामारी, अन्तराष्ट्रिय परिघटनाका कारण १५ औँ योजनाका उपलब्धी अपेक्षित नदेखिएको बताए । १६औं योजना सम्भावना भएका आर्थिकलगायतमा क्षेत्रमा लक्ष्य हासिल गर्नका लागि सुझावसहितको योजना राखिएको जानकारी दिए ।

कानून, जनशक्तिको अभावमा प्रदेशले पूर्णरूपमा काम गर्न नसकेकाले प्रदेशलाई पूर्णरूपमा काम गर्न सक्ने गरी १६औं योजना सफल हुने उनको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर