निरन्तर बढेको शेयर बजार उच्च अंकले घट्यो
काठमाडौं । साताको पहिलो दिनदेखि नै निरन्तर बढीरहेको शेयर बजार साताको अन्तिम कारोबारका दिन उच्च अंकले घटेको छ ।
बिहीबार नेप्से परिसूचक ३२.७७ अंकले घटेर २१०९.१० बिन्दुमा अडिएको हो । यसदिन बजारमा १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८११ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन बुधबार मात्रै परिसूचक ३५.३९ अंकले बढेर बजारमा ७ अर्ब ९५ लाख ७५ हजार १७६ रुपैयाँको कारोबार भएको थियो ।
आज बोटल्र्स नेपाल बालाजु, आशा लघुवित्त वित्तीय संस्था, धौलागीरी लघुवित्त वित्तीय संस्था, बीपीडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेड र चिरखवा हाइड्रोपावर लिमिटेडमा सकारातमक सकर्टि लगेको छ । त्यस्तै, कारोबारका आधारमा सिभम सिमेन्टस ३० करोड ६८ लाख ६० हजार रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।
यस साता यस्तो रहयो सेयरबजारः
आइतबार मात्रै २७.७५ अंकले बढेको बजारमा ५ अर्ब १५ करोड ७८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो । त्यस्तै, सोमबार ३८.१४ अंकले बढेको बजारमा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५६५ रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार ४५.९८ अंकले बढेको बजारमा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रुपैयाँको कारोबार भएको थियो । भने, बुधबार नेप्से परिसूचक ३५.३९ अंकले बढेर बजारमा ७ अर्ब ९५ लाख ७५ हजार १७६ रुपैयाँको कारोबार भएको थियो ।