बाणिज्य महासंघको रोजगार समितिको उपसभापतिमा राजेन्द्र भण्डारी नियुक्त
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासघको शिक्षा,सीप बिकास तथा रोजगार समितिको उपसभापतिमा राजेन्द्र भण्डारी नियुक्त भएका छन् ।
नेपाल उद्योग बाणिज्य महासघले शिक्षा,सीप बिकास तथा रोजगार समितिलाई पूर्णता दिदै उपसभापतिमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीलाई नियुक्त गरेको हो ।
त्यस्तै, समितिको उपसभापतिमा राजेन्द्र भण्डारी लगायत मेगा कलेजका सहायक क्याम्पस प्रमुख मधुकर पाण्डे र काठमाडौं टेक्निकल स्कुलका सीईओ उपेन्द्र शर्मा घिमिरे नियुक्त भएका छन्।
त्यस्तै, नेपाल शैक्षिक परामर्श संघका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, इकोनोमिक मिडिया सोसाइटी नेपालका महासचिव तथा सञ्चार उद्यमी नारायणप्रसाद पौडेल, स्वास्थ्य तथा विज्ञान प्रविधि फोरमका महासचिव निर्मल सापकोटा, नवप्रवर्तनविज्ञ अनिल पराजुली र कन्सर्न नेपालका नवराज खनाल सदस्यमा रहेका छन्।
यस्तै समितिको सल्लाहकारहरुमा त्रिभुवन विश्वविद्यालयका डिन प्रा.डा डिल्लीराज शर्मा, हिसानका सभापति रमेश सिलवाल, प्याब्सनका अध्यक्ष डिके ढुंगाना र सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी रहेका छन्।